संविधान दिवसमा कोशी प्रदेश सरकारले प्रभातफेरी नगर्ने
मङ्गलबार, ०२ असोज २०८०, २० : ५०
विराटनगर । कोशी प्रदेश सरकारले संविधान दिवसको अवसरमा बुधबार बिहान प्रभातफेरी नगर्ने भएको छ ।
सुरक्षा चुनौती देखाउँदै स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेका कारण कोशी प्रदेश सरकारले र्याली नगर्ने भएको हो । प्रदेश सरकारले यस पटक मञ्चमा मात्रै कार्यक्रम गर्ने भएको छ ।
कोशी प्रदेशको नामकरणसँग असन्तुष्ट जनाउँदै आएका पहिचान पक्षधरहरूले मंगलबार विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । पहिचानवादीहरूले आज विराटनगरमा मोटरसाइकल र्याली सहित कोणसभा गरेका थिए ।
नामकरणसँग असन्तुष्ट रहेको पहिचान पक्षधरले संविधान दिवसकै दिन आन्दोलन गर्ने सूचना पाएपछि अन्तरक्रिया कार्यक्रम गरेरै संविधान दिवस मनाउने मुख्यमन्त्रीको कार्यालयले निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण