संविधान दिवसमा कोशी प्रदेश सरकारले प्रभातफेरी नगर्ने
मंगलबार, ०२ असोज २०८०, २० : ५०

विराटनगर । कोशी प्रदेश सरकारले संविधान दिवसको अवसरमा बुधबार बिहान प्रभातफेरी नगर्ने भएको छ ।
सुरक्षा चुनौती देखाउँदै स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेका कारण कोशी प्रदेश सरकारले र्याली नगर्ने भएको हो । प्रदेश सरकारले यस पटक मञ्चमा मात्रै कार्यक्रम गर्ने भएको छ ।
कोशी प्रदेशको नामकरणसँग असन्तुष्ट जनाउँदै आएका पहिचान पक्षधरहरूले मंगलबार विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । पहिचानवादीहरूले आज विराटनगरमा मोटरसाइकल र्याली सहित कोणसभा गरेका थिए ।
नामकरणसँग असन्तुष्ट रहेको पहिचान पक्षधरले संविधान दिवसकै दिन आन्दोलन गर्ने सूचना पाएपछि अन्तरक्रिया कार्यक्रम गरेरै संविधान दिवस मनाउने मुख्यमन्त्रीको कार्यालयले निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित
-
राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट फिल्म गायब भएपछि ‘प्रकाश’ टिम पुग्यो अदालत
-
आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता
-
इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति
-
रातोपाटी ब्रिफिङ : चर्किँदो शिक्षक आन्दोलनदेखि शेखर–गगन पक्षको ओरालो यात्रासम्म
-
अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद