सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

आयरल्यान्डमा सभामुख घिमिरे र सिनेट अध्यक्षबीच भेट

बुधबार, ०३ असोज २०८०, ११ : ३७
बुधबार, ०३ असोज २०८०

काठमाडौँ । आयरल्यान्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले द्विपक्षीय भेटघाट सुरु गरेका छन् । उनले मंगलबार साँझ माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग शिष्टाचार भेट गरेका छन् । 

भेटमा दुई देशबीच संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए । उनका अनुसार भेटमा सभामुख घिमिरेले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २४ वर्षमा उच्चस्तरीय भ्रमण, सहयोग आदान प्रदान लगायतका काम भएको स्मरण गरेका छन् । 

त्यस क्रममा  घिमिरेले विगत केही वर्षयता नेपाल र आयरल्याण्डबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको भन्दै सन् २०१९ सेप्टेम्बरमा आयरल्यान्डको प्रतिनिधि सभाका सभामुखको नेपाल भ्रमणले दुई संसदबीचको सम्बन्धलाई घनिष्ठ बनाएको बताए । 

सिनड एरियनका अध्यक्ष जेरी बटाइमरले संसदीय आदानप्रदानलाई दुवै देशले महत्वका साथ अगाडि बढाउनुपर्नेमा जोड दिदै सुरक्षा परिषद्मा नेपालले आयरल्यान्डलाई समर्थन गरेकोमा धन्यवाद दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप