भारतले क्यानडामा बस्ने भारतीय नागरिकलाई गरायो सतर्क
भारत सरकारले क्यानडामा बस्ने भारतीय नागरिक र विद्यार्थीहरूका लागि ‘एड्भाइजरी’ जारी गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सोसल मिडिया प्लेटफर्म एक्समा यसबारे जानकारी साझा गरेका छन् ।
भारत सरकारले आफ्नो एडभाइजरीमा भनेको छ, ‘क्यानडामा भारत विरोधी गतिविधि, राजनीतिक रूपमा प्रेरित घृणित अपराध र आपराधिक हिंसाको वृद्धिलाई ध्यानमा राख्दै, त्यहाँ बसोबास गर्ने सबै भारतीयहरूलाई सतर्क रहन अपिल गरिएको छ ।’
भारतीय नागरिकलाई यसमा सल्लाह दिँदै लेखिएको छ, ‘क्यानडामा भर्खरै भारतीय कूटनीतिज्ञहरू र भारत विरोधी एजेन्डाविरुद्ध आवाज उठाउने भारतीय समुदायका सदस्यलाई लक्षित गरी धम्की आएको छ । त्यसैले भारतीय नागरिकलाई क्यानडामा त्यस्ता क्षेत्रहरूबाट टाढा रहन सल्लाह दिइन्छ जहाँ यस्ता घटना भइरहेका छन् ।’
Advisory for Indian Nationals and Indian Students in Canada:https://t.co/zboZDH83iw pic.twitter.com/7YjzKbZBIK
— Arindam Bagchi (@MEAIndia) September 20, 2023
विद्यार्थीहरूलाई सतर्क रहन सुझाव
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो उच्चायोग / महावाणिज्य दूतावास क्यानडामा भारतीय समुदायको सुरक्षा सुनिश्चित गर्न क्यानडाली अधिकारीहरूसँग सम्पर्कमा छ ।’
भारत सरकारले क्यानडामा बिग्रँदै गएको सुरक्षा वातावरणमा विशेष गरी भारतीय विद्यार्थीहरूलाई अत्यन्त सावधानी अपनाउन सल्लाह दिएको छ । एड्भाइजरीमा क्यानडामा बस्ने भारतीय नागरिक र विद्यार्थीहरूलाई ओटावामा रहेको भारतीय उच्चायोग र टोरन्टो र भ्यानकुभरमा रहेको भारतीय महावाणिज्य दूतावासमा madad.gov.in नामक मद्दत पोर्टलमा दर्ता गर्न पनि सल्लाह दिइएको छ ।
सरकारले भनेको छ, ‘यसो गरे कुनै पनि आपतकालिन अवस्थामा उच्चायोगले सिधै सम्पर्क गर्न सक्ने सुनिश्चित गरिनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण