भारतले क्यानडामा बस्ने भारतीय नागरिकलाई गरायो सतर्क

भारत सरकारले क्यानडामा बस्ने भारतीय नागरिक र विद्यार्थीहरूका लागि ‘एड्भाइजरी’ जारी गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सोसल मिडिया प्लेटफर्म एक्समा यसबारे जानकारी साझा गरेका छन् ।
भारत सरकारले आफ्नो एडभाइजरीमा भनेको छ, ‘क्यानडामा भारत विरोधी गतिविधि, राजनीतिक रूपमा प्रेरित घृणित अपराध र आपराधिक हिंसाको वृद्धिलाई ध्यानमा राख्दै, त्यहाँ बसोबास गर्ने सबै भारतीयहरूलाई सतर्क रहन अपिल गरिएको छ ।’
भारतीय नागरिकलाई यसमा सल्लाह दिँदै लेखिएको छ, ‘क्यानडामा भर्खरै भारतीय कूटनीतिज्ञहरू र भारत विरोधी एजेन्डाविरुद्ध आवाज उठाउने भारतीय समुदायका सदस्यलाई लक्षित गरी धम्की आएको छ । त्यसैले भारतीय नागरिकलाई क्यानडामा त्यस्ता क्षेत्रहरूबाट टाढा रहन सल्लाह दिइन्छ जहाँ यस्ता घटना भइरहेका छन् ।’
Advisory for Indian Nationals and Indian Students in Canada:https://t.co/zboZDH83iw pic.twitter.com/7YjzKbZBIK
— Arindam Bagchi (@MEAIndia) September 20, 2023
विद्यार्थीहरूलाई सतर्क रहन सुझाव
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो उच्चायोग / महावाणिज्य दूतावास क्यानडामा भारतीय समुदायको सुरक्षा सुनिश्चित गर्न क्यानडाली अधिकारीहरूसँग सम्पर्कमा छ ।’
भारत सरकारले क्यानडामा बिग्रँदै गएको सुरक्षा वातावरणमा विशेष गरी भारतीय विद्यार्थीहरूलाई अत्यन्त सावधानी अपनाउन सल्लाह दिएको छ । एड्भाइजरीमा क्यानडामा बस्ने भारतीय नागरिक र विद्यार्थीहरूलाई ओटावामा रहेको भारतीय उच्चायोग र टोरन्टो र भ्यानकुभरमा रहेको भारतीय महावाणिज्य दूतावासमा madad.gov.in नामक मद्दत पोर्टलमा दर्ता गर्न पनि सल्लाह दिइएको छ ।
सरकारले भनेको छ, ‘यसो गरे कुनै पनि आपतकालिन अवस्थामा उच्चायोगले सिधै सम्पर्क गर्न सक्ने सुनिश्चित गरिनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युइएफए नेसन्स लिग: दोस्रो पटक विजेता बन्यो पोर्चुगल
-
हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ: प्रमुख खापुङ्ग
-
वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड