चिनियाँ विदेशमन्त्रीलाई आफ्नो गृहनगरमा स्वागत गर्दै रुसी राष्ट्रपति
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनका विदेशमन्त्री वाङ यीलाई सेन्ट पिटर्सबर्गमा भेटवार्ता गर्ने भएका छन् । रुसी राष्ट्रपतिको कार्यालयका अनुसार आज उनीहरूबीच राष्ट्रपतिको गृहनगरमा भेटवार्ता हुन लागेको हो ।
“आज राष्ट्रपति पुटिनले चिनियाँ विदेशमन्त्री वाङ यीलाई सेन्ट पिटर्सबर्गमा स्वागत गर्ने कार्यक्रम छ,” रुसी राष्ट्रपतिको कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई बताएका छन् । क्रेमलिनले युक्रेनमा आक्रमण सुरु गरेपछि चीनसँग सम्बन्ध सघन बनाउने प्रयास गरिरहेको छ ।
अन्तरराष्ट्रिय समुदायबाट एक्लिएसँगै मस्कोले बेइजिङसँगको झुकाव बढाएको हो । चीनले युक्रेन द्वन्द्वमा आफूलाई तटस्थ राखेको छ । चिनियाँ विदेशमन्त्री याङ मस्को र बेइजिङ बीचको उच्चस्तरीय सम्पर्कको शृङ्खलालाई घनीभूत तुल्याउन चारदिने रुस भ्रमणमा रहेका छन् । उनले गत सोमबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका छन् ।
चिनियाँ विदेशमन्त्री याङ मस्को र बेइजिङ बीचको उच्चस्तरीय सम्पर्कको शृङ्खलालाई घनीभूत तुल्याउन चारदिने रुस भ्रमणमा रहेका छन् । उनले गत सोमबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका थिए ।
यसअघि गत मार्चमा चीनका राष्ट्रपति सी चिनफिङले मस्कोको राजकीय भ्रमण गरेका थिए । त्यसबेला उनले शान्ति वार्तामा जोड दिएका थिए । राष्ट्रपति सीको रुस भ्रमणको पूर्वसन्ध्यामा बेइजिङले युक्रेनमा शान्ति स्थापना गर्नेसम्बन्धी दस्तावेज नै सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण