बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रियलमीको फ्यान फेस्ट हुँदै, दुई स्मार्ट फोन लन्च हुने

बुधबार, ०३ असोज २०८०, २१ : ४०
बुधबार, ०३ असोज २०८०

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले आफ्ना ग्राहकहरूका लागि यही असोज ५ गते शुक्रबार ठमेल स्थित छँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्दैछ । सो फ्यान फेस्टमा रियलमीले आफ्ना नयाँ बजेट–फ्रेण्डली स्मार्टफोन मोडलहरू रियलमी ११ एक्स र रियलमी ११ ५जी बजारमा सार्वजनिक गर्ने जनाएको छ ।  ।   

भेक र यावेशको लाइभ प्रस्तुतिको साथै यस फ्यान फेस्टमा आकाश खड्काको पनि प्रस्तुति रहनेछ । फ्यान फेस्टमा भेकले आफ्ना चर्चित गीतहरू लै बरी लै, एक्लै जिउन सिके, अलपत्र, र अन्य धेरै गीतहरु प्रस्तुत गर्नेछन् । त्यस्तै यावेशले लाखौँ हजाराँै र आकाशले तिमी भएर लगायत आफ्ना अन्य गीतहरु मार्फत दर्शकलाई मनोरन्जन प्रदान गर्नेछन् । 

रियलमी ११ एक्स र रियलमी ११ ५जीले स्मार्टफोनको ल्यान्डस्केपलाई आफ्ना उल्लेखनीय सुविधाहरू र आकर्षक डिजाइनको साथ पुनः परिभाषित गर्ने कम्पनीको भनाइ छ । रियलमी ११ एक्स र रियलमी ११ ५जी दुवै स्मार्टफोनमा मिडियाटेकको डाइमेंनसिटी ६१००+ को पावरफुल चिप्सेट, ६.७२ इन्चको १२० हर्ज रिफ्रेस रेट भएको अल्ट्रा स्मुद डिस्प्ले रहेका छन् । 

क्यामराको कुरा गर्दा रियलमी ११ एक्समा ६४ मेगा पिक्सेलको मेन क्यामरा रहेको छ भने रियलमी ११ ५जीमा १०८ मेगा पिक्सेलको मेन क्यामरा रहेको छ । रियलमी ११ एक्समा ३३ वाटको फास्ट चार्जर र रियलमी ११ ५जीमा ६७ वाटको सुपरभोक चार्जर रहेको छ । यो  कन्सर्ट सबैका लागि पूर्ण रूपमा निःशुल्क रहने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप