पिकअप भ्यान र मोटरसाइकलसहित ६ जना तस्कर पक्राउ
रौतहट । रौतहट स्थित २५ लाख भन्दा बढीको विभिन्न प्रकारको अवैध सामान, एकथान पिकअप भ्यान र मोटरसाइकलसहित ६ जना तस्करलाई प्रहरीले पक्राउ गरेको छ।
दीपावली तथा छठलाई लक्षित गरेर तस्करहरूले ठुलो परिमाणमा किराना सामान भारतीय बजारबाट तस्करीको माध्यमले भित्र्याइरहेका सूचनाको आधारमा उक्त सामान सहित ६ जना पक्राउ परेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताए।
सीमावर्ती भारतीय बजार बरगिनिया , घोदासहन लगायत बजारबाट तस्करहरुले भन्सार छलेर माछा, आलु, प्याज, सुजी, चिनी, विभिन्न ब्राण्डका मदिरा, लगायत २५ लाख दुई हजार रुपैयाँको सामानसहित छुट्टाछुट्टै नाकाबाट प्रहरीले उक्त सवारी साधन तथा तस्करलाई नियन्त्रणमा लिएको एसपी श्रेष्ठले बताए।
बरामद सामान, सवारी साधन सहित पक्राउ परेकालाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण