शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

बिहीबार, ०४ असोज २०८०, ११ : ०१
बिहीबार, ०४ असोज २०८०

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

हिजो सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो । आज तोलामा ३०० रुपैयाँले घटेपछि छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय ५ रुपैयाँ थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप