‘हाम्रो कला हाम्रो संस्कृति’मा मनोज गजुरेलदेखि प्रकाश सपुतसम्मको प्रस्तुति रहने
काठमाडौँ । हिल्स होम थिएटरको आयोजनामा शुक्रबार (५ असोज) सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । ‘हाम्रो कला हाम्रो संस्कृति–२०८०’ नाम रहेको कार्यक्रममा करिब एक दर्जन चर्चित गायक कलाकारको प्रस्तुति रहने छ ।
कार्यक्रममा प्रकाश सपूत, सत्यराज आचार्य, स्वरुपराज आचार्य, माण्डपी त्रिपाठी, मदनकृष्ण श्रेष्ठ, लोक गायिका राधिका हमाल, हाँस्यकलाकार जीतु नेपाल ‘मुन्द्रे’, मनोज गजुरेल, प्रभाकर देव शर्मालगायत कलाकारको प्रस्तुति रहनेछ ।
गायन, सांस्कृतिक नृत्य, प्रहसन, कमेडीको बेजोड प्रस्तुति रहने कार्यक्रममा भाषा, कला, संस्कृति क्षेत्रमा योगदान दिने केही कलाकारलाई समेत सम्मान गरिनेछ ।
विभिन्न कलाकारलाई एउटै मञ्चमा प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गर्न कार्यक्रमको आयोजना गर्न लागिएको साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)का वरिष्ठ कार्यक्रम प्रमुख तथा वरिष्ठ नाटक प्रबन्धक प्रभाकर देव शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण