जसपाको नेवा: राष्ट्रिय समिति पुनर्गठन
बिहीबार, ०४ असोज २०८०, १३ : १९
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको नेवा: राष्ट्रिय समिति पुनर्गठन भएको छ । श्यामकृष्ण प्रजापतिको अध्यक्षतामा २७ सदस्यीय समिति पुनर्गठन भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
जसपाले सुरु गरेको तीन महिने अभियान अन्तर्गत आयोजित कार्यक्रमबाट यो समिति पुनर्गठन भएको हो । समितिको उपाध्यक्षमा ओमकृष्ण श्रेष्ठ, शर्मिला सुवाल र शंकर लिम्बु रहेका छन् भने मुख्य सचिवमा गणेश आचार्य चयन भएका छन् ।
समितिको सचिवमा कमल लामा, सुरेन्द्र महर्जन र सुनिता दुलाल तथा कोषाध्यक्षमा सुनिता कुमारी योञ्जनलाई मनोनयन गरिएको छ । जसपाको नेवा: राष्ट्रिय समिति पहिचानका प्रादेशिक संरचना (१०+१ ) मध्येको समिति हो । जसपाको विधानमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लालाई नेवा: राष्ट्रिय समिति भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण