शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको नेवा: राष्ट्रिय समिति पुनर्गठन

बिहीबार, ०४ असोज २०८०, १३ : १९
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको नेवा: राष्ट्रिय समिति पुनर्गठन भएको छ । श्यामकृष्ण प्रजापतिको अध्यक्षतामा २७ सदस्यीय समिति पुनर्गठन भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

जसपाले सुरु गरेको तीन महिने अभियान अन्तर्गत आयोजित कार्यक्रमबाट यो समिति पुनर्गठन भएको हो । समितिको उपाध्यक्षमा ओमकृष्ण श्रेष्ठ, शर्मिला सुवाल र शंकर लिम्बु रहेका छन् भने मुख्य सचिवमा गणेश आचार्य चयन भएका छन् ।

समितिको सचिवमा कमल लामा, सुरेन्द्र महर्जन र सुनिता दुलाल तथा कोषाध्यक्षमा सुनिता कुमारी योञ्जनलाई मनोनयन गरिएको छ । जसपाको नेवा: राष्ट्रिय समिति पहिचानका प्रादेशिक संरचना (१०+१ ) मध्येको समिति हो । जसपाको विधानमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लालाई नेवा: राष्ट्रिय समिति भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप