बानेश्वरमा शिक्षक र प्रहरीबीच धकेलाधकेल (तस्बिरहरू)

काठमाडौँ । विद्यालय शिक्षा विधेयकको विरोधमा बिहीबार पनि शिक्षकहरूले प्रदर्शन जारी राखेका छन् । उनीहरुले काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म र्यालीसहितको प्रदर्शन गरेका हुन् । प्रदर्शनमा देशभरका शिक्षकहरू सहभागी छन्।
नेपाल शिक्षक महासङ्घको अगुवाइमा भएको आन्दोलनका कारण आज बानेश्वर क्षेत्र अस्तव्यस्त भएको छ । प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत भएको छ ।
प्रदर्शनमा सहभागी शिक्षकहरुले महासंघले उठाएको मागलाई तत्काल सम्बोधन गर्नुपर्ने भन्दै नारबाजी गरेका छन् । बानेश्वरमा केन्द्रीत प्रदर्शनमा प्रहरी र शिक्षकहरुबीच केहीबेर धकेलाधकेल समेत भएको छ ।
महासंघले संसदमा दर्ता भएको शिक्षा विधेयकमा विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।
बुधवारबाट सुरु भएको काठमाडौँ केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने महासंघले जनाएको छ ।। शिक्षकहरू आन्दोलनमा उत्रिएसँगै देशभरका सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए गीत
-
डेरी ब्राण्ड सीतारामको अफरका विजेताहरु घोषणा
-
आइशर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड बीच क्यासलेस इन्स्योरेन्स सम्झौता
-
प्रधान सेनापतिले भने– संस्थाको हित प्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्ति अन्त्य गर्न प्रतिवद्ध छु
-
सोती घटनासम्बन्धी मुद्दाको सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
एनसेल प्रकरणमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए गठबन्धनको बैठक