आन्दोलनरत शिक्षकहरूको हाजिरी सडकमै
काठमाडौँ । बुधबारदेखि आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीहरूले सडकमै हाजिरी गर्दै आएका छन् । आन्दोलनका लागि देशभरबाट काठमाडौँ आएका शिक्षक कर्मचारीहरूले सडकमा हाजिरी गर्न थालेका हुन् ।
प्रत्येक जिल्ला जिल्ला र पालिकामार्फत प्रतिनिधित्व गरेर शिक्षक कर्मचारीहरू आएका छन् । उनीहरूले आफ्नो पालिकामा मार्फत हाजिरी गरेर जिल्ला, प्रदेश हुँदै केन्द्रमा हाजिरी पठाउन निर्देशन छ । उनीहरूले गरेको प्रत्येक दिनको हाजिरी आन्दोलन सकिएपछि नेपाल शिक्षक महासंघको केन्द्रीय कार्यालयमा पठाउनुपर्नेछ ।
सोही आधारमा आन्दोलनका लागि देशभरबाट काठमाडौँ आएका शिक्षक कर्मचारीहरूलाई अनिवार्य रूपमा रजिस्टरमा हाजिरी गर्न निर्देशन दिइएको हो ।
आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन भइरहेको छ । सरकारले आफ्ना माग पुरा नहुँदासम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म विरोध प्रदर्शन जारी रहने महासंघले जनाएको छ । आन्दोलन नसकिँदासम्म शिक्षक कर्मचारीहरूलाई प्रत्येक दिनको हाजिरी सडकमै गर्न सर्कुलर जारी गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण