नेताको नामका फेक एकाउण्ट बन्द गर्न एमालेले दियो १५ दिनको अल्टिमेटम
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द गर्न सम्बन्धित पक्षलाई अल्टिमेटम दिएको छ । एमालेले पार्टीका नाम, लोगो, झण्डा र नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै एकाउण्ट सञ्चालकहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन विज्ञप्तिमार्फत आउन अनुरोध गरेको हो।
अन्यथा, यस्ता फेक एकाउण्ट सञ्चालकहरूका बारेमा आवश्यक कानुनी प्रक्रियामा जान पार्टी बाध्य हुने प्रचार विभागले स्पष्ट गरेको छ ।
पार्टी नेतृत्वका नाममा अनधिकृत रूपमा फेक आईडी प्रयोग गरी सामाजिक सञ्जालमार्फत् भ्रमपूर्ण समाचार सम्प्रेषण गरी आम नागरिक र पार्टीपङ्तीभित्र अफवाह फैलाइएको पाइएकाले त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
सामाजिक सञ्जालको दुरुपयोग गरी अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेको उनको भनाइ छ । ‘यसले पार्टीपङ्ती र जनसमुदायमा भ्रम सिर्जना हुने गरेको छ । तसर्थ, सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउण्ट बन्द गर्नुपर्ने चौतर्फी दबाब आएकाले सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ’, उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक एकतर्फी सवारी सञ्चालन
-
सुनसरी घटना : प्रहरीको गोली लागेर नागरिकको मृत्यु भएकोमा नेकपाद्वारा भर्त्सना
-
निजी अस्पतालहरूको सञ्चालक संस्थाले भन्यो: ओपीडी सेवा नचलाउनू
-
सुरुङमार्ग उद्घाटनप्रति व्यवसायी खुसी, तोकिएको शुल्कबारे पुनर्विचार गर्न माग
-
मोदीले जेनजीलाई सम्बोधन गरेको भिडियो फेसबुकले ब्लक गरेपछि...
-
पोखरामा सुरक्षित पर्यटनका लागि प्रहरी र व्यवसायीबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण