पोलेको मकै किनेर खान आन्दोलनरत शिक्षक लाइनमा (फोटोफिचर)
काठमाडौँ । प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा राखिएका केही प्रावधानप्रति असन्तुष्टि व्यक्त गर्दै देशभरका शिक्षकहरु आन्दोलनका लागि काठमाडौँ आएका छन् । बिहिबारदेखि उनीहरुले थालेको आन्दोलन शुक्रबार दोश्रो दिन सडक प्रर्दशन गरेका छन् ।
काठमाडौँको माइतीघर मण्डलादेखि बानेश्वरसम्मको सडक ठप्प पारेका उनीहरुले विधेयकमा भएका प्रावधान शिक्षकमैत्री नबनाएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । शुक्रबार आन्दोलनका क्रममा माइतीघर मण्डला, बबरमहल तथा बानेश्वर क्षेत्रका सडक छेउमा शिक्षकहरु फलफूल तथा पोलेको मकै खाएर भोक मेटिरहेका थिए ।
आन्दोलनमा धेरै शिक्षक सहभागी भएका कारण सडकमा मकै पोलेर बिक्री गर्नेहरुलाई भ्याई नभ्याई थियो । सामान्य अवस्थामा एउटा पोलेको मकैको ३५ देखि ४० रुपैयाँ लिने गरेकोमा उनीहरुले ५० रुपैयाँ लिइरहेका थिए । माइतीघर सडक खण्डमा मकै पोलेर बेच्न बसेकी सुस्मिता भुजेलले शुक्रबार ८० घोगा मकै पोलेर बिक्री गरेकी छिन् । शिक्षकहरु उनले मकै पोलिरहेको ठाउँमा मकै किन्न लाइन बसेका थिए ।
हेर्नुहोस् तस्बिरहरु :
_snC829elNq.jpg)
_GPvg21oJgU.jpg)
_JlMGzeBLBl.jpg)
_Xk5XcOS6kB.jpg)
_H1ZQgF5Vk8.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण