सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

शान्ति प्रक्रियालाई दाउपेचको विषय नबनाऔँ, छिटो टुंग्याऔँ : अध्यक्ष तिमिल्सिना

बिहीबार, ०४ असोज २०८०, १९ : ०१
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौता(२०६३) कार्यान्वयनका १७ वर्ष : उपलब्धि, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष तिमिल्सिनाले शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका हुन् । उनले शान्ति प्रक्रियालाई नेपालका राजनीतिक दलहरु आफैँ सक्षम भएर टुंगोमा पु¥याउनुपर्ने बताए । 

शान्ति प्रक्रिया टुंग्याउनुपर्ने विषयमा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने र कुनैपनि अन्तर्राष्ट्रिय समुदायलाई दोष दिनु नहुने उनको भनाई छ । उनले शान्ति प्रक्रियालाई दाउपेचको विषय बनाउनु नहुने बताए । उनले पीडितहरुसँग समेत छलफल गरेर उनीहरुले न्याय पाउनेगरी शान्ति प्रक्रियाको बिषय टुंगिनुपर्नेमा जोड दिए । 

नेपालका राजनीतिक दलहरु एक ठाउँमा उभिएर प्रक्रिया टुंगोमा पु¥याए अन्तर्राष्ट्रिय समुदायको चासोलाई सम्बोधन गर्न पनि सकिने उनले बताए ।

अध्यक्ष तिमिल्सिनाले पुरानो घाउलाई बल्झाइरहनु नहुने भन्दै अब भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न लाग्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप