शान्ति प्रक्रियालाई दाउपेचको विषय नबनाऔँ, छिटो टुंग्याऔँ : अध्यक्ष तिमिल्सिना
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौता(२०६३) कार्यान्वयनका १७ वर्ष : उपलब्धि, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष तिमिल्सिनाले शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका हुन् । उनले शान्ति प्रक्रियालाई नेपालका राजनीतिक दलहरु आफैँ सक्षम भएर टुंगोमा पु¥याउनुपर्ने बताए ।
शान्ति प्रक्रिया टुंग्याउनुपर्ने विषयमा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने र कुनैपनि अन्तर्राष्ट्रिय समुदायलाई दोष दिनु नहुने उनको भनाई छ । उनले शान्ति प्रक्रियालाई दाउपेचको विषय बनाउनु नहुने बताए । उनले पीडितहरुसँग समेत छलफल गरेर उनीहरुले न्याय पाउनेगरी शान्ति प्रक्रियाको बिषय टुंगिनुपर्नेमा जोड दिए ।
नेपालका राजनीतिक दलहरु एक ठाउँमा उभिएर प्रक्रिया टुंगोमा पु¥याए अन्तर्राष्ट्रिय समुदायको चासोलाई सम्बोधन गर्न पनि सकिने उनले बताए ।
अध्यक्ष तिमिल्सिनाले पुरानो घाउलाई बल्झाइरहनु नहुने भन्दै अब भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न लाग्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण