बाँझो जमिनमा सामूहिक आलुखेती
मुस्ताङ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले बाँझो जमिनमा सामूहिकरूपमा व्यावसायिक आलुखेती गरेका छन् । लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले एक सय ३० रोपनी जग्गामा सामूहिक आलुखेती गरेर आम्दानी लिन थालेका हुन् । समूहका अध्यक्ष कर्म साम्टुक गुरुङले धेरै वर्षअघिदेखि बाँझो रहेको जमिनमा खनजोत गरेर सामूहिकरूपमा व्यावसायिक आलुखेती गरेको जानकारी दिए।
“तेह्र जनाको समूहमा बाँझो जग्गा खनजोत गरेर स्थानीय जातको आलुखेती गरेका छौँ”, उनले भने, “कामको खोजीमा विदेश नगई यही आलुखेतीलाई निरन्तरता दिने योजनामा छौँ”, गत जेठको पहिलो हप्ता लगाएको आलु खनेर भित्र्याउने चटारो छ ।
बीस रोपनी जमिनबाट रु पाँच लाख ६२ हजार पाँच सय मूल्य बराबरको ११ हजार दुई सय ५० किलोग्राम आलु निकालिसकेको समूहले जनाएको छ । लोमान्थाङ, जोमसोम, कागबेनी, मुक्तिनाथ, बेनी, बागलुङ, पोखरा र काठमाडौँको बजारमा आलु खपत हुने गरेको छ । प्रतिकिलो रु ५० का दरले बारीबाटै आलु बिक्री भएको छ ।
चिसो हावापानीमा रासायनिक मल र विषादीको प्रयोगबिना उत्पादन भएको आलुले राम्रो बजार पाएकाले आगामी वर्ष खेती विस्तार गर्ने योजना रहेको समूहका सदस्य राजु गुरुङले बताए । “रासायनिक मल र विषादीको प्रयोगबिना चिसो हावापानीमा प्राङ्गारिक प्रविधिबाट आलुखेती गरेका छौँ”, उनले भने “स्वादिष्ट, स्वस्थ र गुणस्तरीय भएकाले आलुले राम्रो बजार पाएको छ ।”
थिङगरमा आलुखेतीका लागि लोमान्थाङ गाउँपालिकाले गत आर्थिक वर्ष २०७९÷८० मा रु २० लाख अनुदान उपलब्ध गराएको थियो । समूहले थप रु २० लाख लगानी गरेका छन् । अध्यक्ष गुरुङले गाउँपालिकाको अनुदानमा बीउ, मल खरिद र खनजोत गरिएको बताए ।
कृषि ज्ञान केन्द्रले सिँचाइका लागि नहर बनाउन गत आवमा रु दुई लाख सहयोग गरेको थियो । बाँझो जमिनको सदुपयोग, आयात घटाएर आलुमा आत्मनिर्भर बनाउने, रोजगारी सिर्जना र कृषकको आयआर्जन वृद्धिका लागि सामूहिक आलुखेतीसम्बन्धी कार्यक्रम सञ्चालन गरेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण