बाँकेको जयेन्दु बाल सुधार गृहमा झडप, १ जनाको मृत्यु, १० जना घाइते
बुटवल । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा गएराति दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ । झडपमा १० जना भएका छन् ।
सुधार गृहमा रहेकाहरूबीच दुई समूहमा विभाजन भई झडप हुँदा ११ जना घाइते भएका थिए । ती घाइते मध्ये एक जनाको मृत्यु भएको बाँकेमा प्रमुख जिल्ला अधिकारी विपिन आर्चायले रातोपाटीलाई बताए । उनले झडपको कारण खुल्न नसेको बताए ।
सुधार गृहका झ्यालका सिसा फुटाउँदै सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुङ्गा र इँटा प्रहार गरेपछि राति तनावपूर्ण अवस्था सृजना भएको स्थानीयले बताए । अहिले त्यहाँको अवस्था सामान्य रहेको आचार्यले बताए ।
बालगृहमा तोडफोड र झडप भएपछि रातभर प्रहरी, प्रमुख जिल्ला अधिकारी लगायतको टोली सुरक्षा व्यवस्था मिलाउनको लागि खटिएको थियो । बाँके प्रहरी प्रमुख सन्तोष सिंह राठोरले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते
-
पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा
-
बङ्गलादेशमा अर्जेन्टिनाको क्रेज : म्याराडोनाको जादुदेखि मेस्सीको मोहसम्म
-
राष्ट्रियसभा बैठक : बाढी पहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग
-
सम्पत्ति शुद्धीकरण विधेयकमाथि राष्ट्रिय सभामा एमालेको विरोध, अर्थमन्त्री वाग्लेलाई झाँक्रीको चुनौती
-
संसद छलेर अध्यादेश ल्याएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको विरोध, विधेयक समितिमा पठाउन माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण