उत्कृष्ट पुनरागमन गरेको लिभरपुलको युरोपा लिगमा विजयी सुरुआत
काठमाडौँ । युरोपा लिग फुटबलको समूहगत चरणको खेलमा इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले उत्कृष्ट पुनरागमन गर्दै महत्वपूर्ण जित हात पारेको छ । लिभरपुलले बिहीबार राति खेलिएको खेलमा अस्ट्रियन क्लब लिन्जर एथलेटिक स्पोटै क्लब (एलएएसके) लाई ३—१ गोलले हराएको हो ।
खेलमा सुरुआती अग्रता भने एलएएसकेले लिएको थियो । खेल सुरु भएको १४औँ मिनेटमै एलएएसकेका लागि मिडफिल्डर फ्लोरिन फ्लिकरले पहिलो गोल गरेका थिए । सोही गोलका कारण खेलको पहिलो हाफमा एलएएसके अगाडि रह्यो ।
तर, खेलको दोस्रो हाफमा लिभरपुलले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ५६औँ मिनेटमा लिभरपुलका लागि डार्विन नुनेजले पहिलो गोल गरेका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । खेलको ६३औँ मिनेटमा लुइस डियाजले लिरभपुलका लागि दोस्रो गोल गरेका थिए ।
यसैगरी निर्धारित समयको खेल सकिनुभन्दा दुई मिनेटअघि लिभरपुलका लागि अनुभवी खेलाडी मोहमद सलाहले तेस्रो गोल थपेका थिए । समूह ‘ई’ मा पहिलो खेलबाटै तीन अंक हात पारेको लिभरपुल पहिलो स्थानमा आसिन छ ।
समूह ‘ए’ अन्तर्गतको खेलमा वेस्ट हाम युनाइटेडले टीएससी बाका टोपोलाई ३—१ गोलले हरायो । फ्रिबर्गले भने ओलम्यिाकसलाई ३—२ गोलले हरायो । अंक तालिकामा वेस्ट हाम पहिलो र फ्रिबर्ग दोस्रो स्थानमा आसिन छन् ।
समूह ‘बी’ अन्तर्गतको खेलमा आयाक्स र मार्सिल्लेले ३—३ गोलको बराबरी खेल्दै अंक बाँडे । अर्को खेलमा एईके एथेन्सले ब्राइटनलाई ३—२ गोलको पराजित गर्यो । एईके एथेन्स तीन अंकसहित पहिलो, मार्सिल्ले एक अंकसहित दोस्रो र आयाक्स एक अंकसहित तेस्रो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण