उत्कृष्ट पुनरागमन गरेको लिभरपुलको युरोपा लिगमा विजयी सुरुआत

काठमाडौँ । युरोपा लिग फुटबलको समूहगत चरणको खेलमा इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले उत्कृष्ट पुनरागमन गर्दै महत्वपूर्ण जित हात पारेको छ । लिभरपुलले बिहीबार राति खेलिएको खेलमा अस्ट्रियन क्लब लिन्जर एथलेटिक स्पोटै क्लब (एलएएसके) लाई ३—१ गोलले हराएको हो ।
खेलमा सुरुआती अग्रता भने एलएएसकेले लिएको थियो । खेल सुरु भएको १४औँ मिनेटमै एलएएसकेका लागि मिडफिल्डर फ्लोरिन फ्लिकरले पहिलो गोल गरेका थिए । सोही गोलका कारण खेलको पहिलो हाफमा एलएएसके अगाडि रह्यो ।
तर, खेलको दोस्रो हाफमा लिभरपुलले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ५६औँ मिनेटमा लिभरपुलका लागि डार्विन नुनेजले पहिलो गोल गरेका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । खेलको ६३औँ मिनेटमा लुइस डियाजले लिरभपुलका लागि दोस्रो गोल गरेका थिए ।
यसैगरी निर्धारित समयको खेल सकिनुभन्दा दुई मिनेटअघि लिभरपुलका लागि अनुभवी खेलाडी मोहमद सलाहले तेस्रो गोल थपेका थिए । समूह ‘ई’ मा पहिलो खेलबाटै तीन अंक हात पारेको लिभरपुल पहिलो स्थानमा आसिन छ ।
समूह ‘ए’ अन्तर्गतको खेलमा वेस्ट हाम युनाइटेडले टीएससी बाका टोपोलाई ३—१ गोलले हरायो । फ्रिबर्गले भने ओलम्यिाकसलाई ३—२ गोलले हरायो । अंक तालिकामा वेस्ट हाम पहिलो र फ्रिबर्ग दोस्रो स्थानमा आसिन छन् ।
समूह ‘बी’ अन्तर्गतको खेलमा आयाक्स र मार्सिल्लेले ३—३ गोलको बराबरी खेल्दै अंक बाँडे । अर्को खेलमा एईके एथेन्सले ब्राइटनलाई ३—२ गोलको पराजित गर्यो । एईके एथेन्स तीन अंकसहित पहिलो, मार्सिल्ले एक अंकसहित दोस्रो र आयाक्स एक अंकसहित तेस्रो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइशर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड बीच क्यासलेस इन्स्योरेन्स सम्झौता
-
प्रधान सेनापतिले भने– संस्थाको हित प्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्ति अन्त्य गर्न प्रतिवद्ध छु
-
सोती घटनासम्बन्धी मुद्दाको सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
एनसेल प्रकरणमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए गठबन्धनको बैठक
-
प्रथम दृष्टिमै एनसेलमा अर्बौँ घोटाला भएको अनुमान गर्न सकिन्छ : महामन्त्री थापा
-
प्रदेशले दबाब बढाएपछि विधेयकको मस्यौदा पठाउन सबै मन्त्रालयलाई कानुन मन्त्रालयको ताकेता