शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
आन्दोलनरत शिक्षक कोही सेल्फी खिच्दै, कोही सडक पेटीमा सुस्ताउँदै (तस्बिरहरु)
फोटोफिचर

आन्दोलनरत शिक्षक कोही सेल्फी खिच्दै, कोही सडक पेटीमा सुस्ताउँदै (तस्बिरहरु)

शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । आन्दोलनरत शिक्षकहरुले आज पनि प्रदर्शनलाई जारी राखेका छन् । राजधानीको माइतीघर मण्डलामा शिक्षकहरु भेला भई प्रदर्शन गरिरहेका हुन् । 

प्रदर्शनकै क्रममा केही शिक्षकहरु माइतीघर मण्डला र बबरमहलको सडक पेटी र बंगैचामा सुस्ताइरहेका देखिन्छन् । केही सेल्फी खिच्न व्यस्त छन् भने केही सामूहिक छलफल गरिरहेका देखिन्छन् । 

यता, आज बिहान सरकार र शिक्षक महासंघका प्रतिनिधिबीच वार्ता भएको छ । बैठकमा शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्तालाई सकेसम्म आजै निष्कर्षमा पुर्‍याउने गरी काम गर्ने विषयमा छलफल भएको बताइएको छ । 

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउने गरी सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका छन् ।

विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकहरुले काठमाडौँ केन्द्रित विरोध प्रदर्शन  गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया