महासमिति बैठक मधेस प्रदेशमा गरौं : मधु आचार्य
काठमाडौँ । कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले महासमितिको बैठक मधेस प्रदेशमा गर्न प्रस्ताव गरेका छन् । शुक्रबार जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले आगामी मंसिर १३, १४ र १५ गतेका लागि तय भएको महासमिति बैठक मधेस प्रदेशमा गर्न प्रस्ताव गरेको हुन् ।
कांग्रेस महामन्त्री गगन थापाले बिहीबारको बैठकमा आगामी मंसिरमा महासमिति बैठक काठमाडौंमा गर्ने प्रस्ताव गरेका थिए । आचार्यले भने, ‘महासमितिको यसअघिको बैठक हामी काठमाडौं बसिसक्यौं । आगामी मंसिरमा हुने बैठक मधेस प्रदेशको कुनै ठाउँमा गर्न प्रस्ताव गर्न चाहन्छु ।’
उनले महासमितिको बैठकका लागि पाँच दिनको समय निर्धारण गर्नुपर्ने पनि बताए । ‘महासमितिको बैठक ३ दिनले नपुग्ने देख्छु । नीति अधिवेशन समेत गर्नुपर्ने भएकाले ५ दिनको समय राख्नुपर्छ ,’ आचार्यले भने ।
भदौ १० गतेदेखि २४ गतका लागि तय भएको समुदायमा कांग्रेस संवाद कार्यक्रम स्थगित गरिएकोबारे उनले प्रश्न उठाएका थिए । उक्त कार्यक्रमको नयाँ मिति अबिलम्ब निर्धारण गर्न आचार्यको आग्रह छ । उनले महासमितिको बैठक लगत्तै मेची महाकाली रिले पदयात्राको कार्यक्रम तय गर्न पनि बैठकमा प्रस्ताव राखे ।
कोशी प्रदेशमा संसदीय दलको नेता फेरेर जानुपर्ने उनको प्रस्ताव थियो । पार्टीका भ्रातृ संस्थाको महाधिवेशनको मिति पार्टीले नै तोक्नुपर्ने आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण