शिक्षक आन्दोलन
सरकार र शिक्षकहरूबीच वार्ता सुरु
शुक्रबार, ०५ असोज २०८०, १५ : ४३
काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता सुरु भएको छ । गृह मन्त्रालयमा वार्ता सुरु भएको हो ।
वार्तामा आन्दोलनरत शिक्षक कर्मचारीहरूले राखेका मागका विषयमा छलफल थालिएको छ ।
वार्तामा शिक्षक कर्मचारीहरूलाई मागका विषयमा आफ्नो धारणा राख्ने समय दिइएको छ । त्यसपछि सरकारको तर्फबाट सरकारी वार्ता टोलीले आफ्नो धारणा राख्नेछ ।
विद्यालय शिक्षा विधेयकमा विमति जनाउँदै असोज ३ गतेदेखि शिक्षक कर्मचारीहरू आन्दोलन गर्दै आएका छन् । उनीहरूले विधेयकमा विभिन्न १८ बुँदे माग संशोधनको माग राख्दै आएका छन् । आन्दोलनरत शिक्षकहरूले आन्दोलन र वार्तालाई सँगसँगै अघि बढाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण