बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षक आन्दोलन

सरकार र शिक्षकहरूबीच वार्ता सुरु

शुक्रबार, ०५ असोज २०८०, १५ : ४३
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता सुरु भएको छ । गृह मन्त्रालयमा वार्ता सुरु भएको हो ।

वार्तामा आन्दोलनरत शिक्षक कर्मचारीहरूले राखेका मागका विषयमा छलफल थालिएको छ । 

वार्तामा शिक्षक कर्मचारीहरूलाई मागका विषयमा आफ्नो धारणा राख्ने समय दिइएको छ । त्यसपछि सरकारको तर्फबाट सरकारी वार्ता टोलीले आफ्नो धारणा राख्नेछ । 

विद्यालय शिक्षा विधेयकमा विमति जनाउँदै असोज ३ गतेदेखि शिक्षक कर्मचारीहरू आन्दोलन गर्दै आएका छन् । उनीहरूले विधेयकमा विभिन्न १८ बुँदे माग संशोधनको माग राख्दै आएका छन् । आन्दोलनरत शिक्षकहरूले आन्दोलन र वार्तालाई सँगसँगै अघि बढाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप