मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

डुबेको टाइटानिकबाट के निकाल्न चाहन्छन् जेम्स क्यामरुन, भग्नावशेष हेर्न गरिसके ३३ पटक गोताखोरी

शुक्रबार, ०५ असोज २०८०, १५ : ५५
शुक्रबार, ०५ असोज २०८०

वर्षौँदेखि समुद्र विज्ञानी तथा विशेषज्ञले टाइटानिकको भग्नावशेषबाट के कुरा निकाल्न सकिन्छ भनेर अनुसन्धान गरिरहेका छन् । यी वस्तुलाई प्रदर्शनीमा राखेर मानिसलाई टाइटानिक दुर्घटनाबारे जानकारी दिन सकिन्छ कि भन्ने उनीहरूको अनुसन्धानको मुख्य उद्देश्य हो । 

सुन्दा अचम्म लाग्ला जेम्स क्यामरुनले सन् १९९५ देखि २००५ को बीच ३३ पटक टाइटानिकको भग्नावशेषसम्म गोताखोरी गरिसकेका छन् । यो गहिराइमा कस्ता खालका समस्या आउन सक्छन् भन्ने उनलाई राम्रोसँग थाहा छ । 

james cameron1जेम्स क्यामरुन व्यक्तिगत रूपमा टाइटानिकबाट एउटा विशेष कुरा निकालेर ल्याउन चाहन्छन् । उनले थुप्रै पटक फ्रान्सेली सबमरिनर पल हेनरी नार्जियोलेटसँग यसबारे चर्चा गरिसकेका छन् । पल हेनरी यसै वर्ष जूनमा टाइटानिक नजिकै टाइटन सबमर्सिबल दुर्घटनामा मारिए । पल हेनरी आरएमएर टाइटानिक इंकको त्यो गोताखोरी टिमका प्रमुख थिए जसले त्यहाँबाट थुप्रै सामान बाहिर लिएर आए । 

न्युयोर्क टाइम्सले जेम्स क्यामरुनसँग केही प्रश्न–जवाफ गरेको छ । यसमा क्यामरुनले टाइटानिक दुर्घटना, त्यसका भग्नावशेष र टाइटन दुर्घटनाबारे उनको धारणा के छ र त्यहाँबाट एउटा खास चिज के लिएर आउन चाहन्छन् भन्ने बारे पनि जानकारी दिएका छन् । 

टाइटानिकमा कस्तो खालको क्षति पुगिसकेको छ ?

आफ्नो १० वर्षको गोताखोरीमा टाइटानिक जहाजमा कस्तो खालको क्षति देख्नुभएको छ भनेर उनलाई प्रश्न सोधिएको थियो । यसको जवाफमा उनले भने, ‘जहाजमा भएका पातलो धातुका भित्ता जस्तै डेकहाउस तीव्र रूपमा नष्ट भइरहेका छन् । ’

james cameron2जेम्सले थपे, ‘सन् २००१ सम्म त्यो ठिकै थियो । तर सन् २००५ मा त्यसको एउटा अंश भाँच्चियो । म्गागेलान नामको कम्पनीले जुन नयाँ तस्बिर खिचेको छ त्यस अनुसार सन् २०२२ मा यो हिस्सा पूर्ण रूपमा नष्ट भएको देखिएको छ । हरेक प्लेट्सको स्थिति खराब छ । यो ठाउँको स्टिल डेढ इन्च मोटो थियो जुन अझै दुई शताब्दीसम्म यही अवस्थामा रहनेछ ।

मानिसहरू त्यहाँ जाँदा क्षति हुन्छ कि हुँदैन ?

मानिसहरू त्यहाँ जाँदा खासै ठुलो क्षति हुँदैन किनभने म १० वर्षसम्म त्यहाँ आउजाउ गरिरहेँ । हामी चढ्ने सबमर्सिबल जहाजको तौल केही टनको त हुन्छ नै । यसले खासै क्षति पुर्‍याएन भने गोताखोरीले केही पनि हुँदैन । त्यहाँ जे जति क्षति भइरहेको छ, त्यो प्राकृतिक क्षरण हो । यो हरेक वर्ष चलिरहन्छ । टाइटानिकलाई यति बेला ब्याक्टेरियाको कोलोनीले नष्ट पारिरहेको छ । मानिसले होइन । 

titanicके टाइटानिकबाट सामान निकालेर ल्याउनु सही हो ?

जेम्सका अनुसार टाइटानिकबाट सामान निकाल्नु एक तरिकाले ठिक हो । जहाज दुई टुक्रामा भाँच्चिएको छ । त्यहाँ थुप्रै प्लेट्स, वाइन बोतल, जुत्ता छन् । यो डुबेका मानिसको हो । यसलाई माथि ल्याउँदा इतिहासको कहानी पत्ता लाग्नेछ । जस्तै, त्यो घण्टी जुन फ्रेडरिक फ्लिटले आइसबर्गसँग ठोक्किनु अघि तीन पटक बजाएका थिए । अब यो घण्टीलाई हजारौँ मानिसले हेर्छन् । यो सङ्ग्रहालयमा राखिएको छ । यसबाहेक झुमर, मूर्ति, सिँढीलगायतका चिज पनि त छन् । 

तपाईं टाइटानिकबाट विशेष के निकाल्न चाहनुहुन्छ ?

यसमा जेम्स भन्छन्, ‘टाइटानिकको बो र स्टर्न भएको हिस्सामा एक शानदार वायरलेस सिस्टम छ । यसको नाम मारकोनी सेट हो । यसै सेटमार्फत् रेस्क्यू सिप क्यारपेथियालाई एसओएस सिग्नल पठाइएको थियो । यसमार्फत नै टाइटानिकले वास्तविक पोजिसनबारे पत्ता लागेको थियो । यस कारण ७०० जनाको ज्यान जोगाउन सकिएको थियो । 

टाइटानिकको वायरलेस सेट अद्भुतको हो । यो अरूभन्दा भिन्न छ । मैले थुप्रै रिमोटली अपरेटेड समुद्री ड्रोन मारकोनी सेटको खोजीमा पठाएँ तर त्यसलाई देखे मात्रै, निकाल्न सकेनन् । यो यन्त्र यस्तो हो जसलाई निकालेर मानिसको अगाडि राख्नुपर्छ । यसलाई सजिलै निकाल्न सकिन्छ, कुनै हानी नपुर्याइकन । किनभने जहाजको यो हिस्सा तीव्र रूपमा बिग्रिरहेको । केही वर्षमा मारकोनी सेट समुद्रमा भास्सिनेछ त्यसपछि यसलाई निकाल्न मुस्किल हुनेछ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप