सुन तस्करी प्रकरणको छानबिन आयोग गठनमा जुटेन सहमति
काठमाडौँ । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न बसेको बैठक विनानिष्कर्ष सकिएको छ । शुक्रबार सिंहदरबारस्थित गृहमन्त्रलायमा बसेको प्रमुख दलका नेताहरूको बैठकमा आयोग बनाउने विषयमा सहमति जुट्न नसकेको हो ।
नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले उच्चस्तरीय आयोग बनाउने विषयमा सहमति नजुटेको बताए । उनले आन्तरिक छलफलपछि आजै पुनः बैठक बसेर टुंग्याउने बताए । बर्तौलाले भने, “सरकार आयोग गठनप्रति जिम्मेवार छैन । जिम्मेवार बोधका साथ अघि बढ्न तयार छैन । भएका सहमति कार्यान्वयन गर्न जिम्मेवार छैन ।”
यस्तै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्तरिक छलफलपछि सहमति जुट्ने बताए ।
गत भदौ ६ गते सीआईबीको अनुसन्धानपछि आयोग बनाउने विषयमा संसद्का राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच सहमति जुटेको थियो । उक्त सहमतिमा आयोगलाई विदेशबाट सिग्रेट (भेप्स) र ब्रेक शुमा राखी अवैध सुन तस्करीको नियन्त्रण गर्न अध्ययन गरी प्रतिवेदन पेश गर्ने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण