शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

घरेलु क्रिकेटको संरचना विकास गर्नु मेरो पहिलो प्रथमिकता : पारस खड्का

शनिबार, ०६ असोज २०८०, १९ : ५१
शनिबार, ०६ असोज २०८०

काठमाडौँ । नेपाल क्रिकेट सङ्घको केन्द्रिय सचिवमा विजयी पारस खड्का खड्काले घरेलु क्रिकेटको संरचना विकास गर्नु आफ्नो पहिलो प्राथमिकताको विषय रहेको बताएका छन् ।

उनले नेपाल क्रिकेटमा जोडिएका राम्रा, नराम्रा पक्षलाई एक ठाउँमा ल्याएर नेपाली क्रिकेटलाई संस्थागत रुपमा अझ अघि बढाउने पनि बताए ।   खड्काले जिल्ला र प्रदेशस्तरको क्रिकेट संरचनालाई पनि बलियो बनाएर लैजाने बताए ।

‘सबैभन्दा ठूलो कुरा भनेकै घरेलु क्रिकेटको संरचना छ । म क्रिकेट टिमको कप्तान हुँदा पनि यो कुरामा धेरै प्रश्न गरेको थिएँ । आफैँ अब नेपाल क्रिकेट संघको पदाधिकारी भएर सचिव हुँदा मेरो एउटा मात्रै प्राथमिकता घरेलु क्रिकेटको संरचना, जिल्ला र प्रदेशलाई कसरी बलियो बनाउने ? भन्ने हुन्छ’ उनले भने, ‘नेपाली टिम परिपक्व छ । मैले क्रिकेट खेल्दा राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध बनाएको छु, त्यसको आधारमा नेपाली क्रिकेटमा अन्तर्राष्ट्रिय स्तरको पार्टनरशीपमा सोचेको छु ।’

उनले भौतिक संरचनामा सरकार र राष्ट्रिय खेलकुद परिषद्ले विशेष भुमिका खेल्न आवश्यक रहेको बताए । प्रतिष्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै पारस सचिवमा निर्वाचित भएका हुन् ।

कुल खसेको ८५ मतमध्ये पारसले ४८ मत ल्याएका थिए भने प्रशान्तले ३७ मतमा प्राप्त गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप