घरेलु क्रिकेटको संरचना विकास गर्नु मेरो पहिलो प्रथमिकता : पारस खड्का
काठमाडौँ । नेपाल क्रिकेट सङ्घको केन्द्रिय सचिवमा विजयी पारस खड्का खड्काले घरेलु क्रिकेटको संरचना विकास गर्नु आफ्नो पहिलो प्राथमिकताको विषय रहेको बताएका छन् ।
उनले नेपाल क्रिकेटमा जोडिएका राम्रा, नराम्रा पक्षलाई एक ठाउँमा ल्याएर नेपाली क्रिकेटलाई संस्थागत रुपमा अझ अघि बढाउने पनि बताए । खड्काले जिल्ला र प्रदेशस्तरको क्रिकेट संरचनालाई पनि बलियो बनाएर लैजाने बताए ।
‘सबैभन्दा ठूलो कुरा भनेकै घरेलु क्रिकेटको संरचना छ । म क्रिकेट टिमको कप्तान हुँदा पनि यो कुरामा धेरै प्रश्न गरेको थिएँ । आफैँ अब नेपाल क्रिकेट संघको पदाधिकारी भएर सचिव हुँदा मेरो एउटा मात्रै प्राथमिकता घरेलु क्रिकेटको संरचना, जिल्ला र प्रदेशलाई कसरी बलियो बनाउने ? भन्ने हुन्छ’ उनले भने, ‘नेपाली टिम परिपक्व छ । मैले क्रिकेट खेल्दा राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध बनाएको छु, त्यसको आधारमा नेपाली क्रिकेटमा अन्तर्राष्ट्रिय स्तरको पार्टनरशीपमा सोचेको छु ।’
उनले भौतिक संरचनामा सरकार र राष्ट्रिय खेलकुद परिषद्ले विशेष भुमिका खेल्न आवश्यक रहेको बताए । प्रतिष्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै पारस सचिवमा निर्वाचित भएका हुन् ।
कुल खसेको ८५ मतमध्ये पारसले ४८ मत ल्याएका थिए भने प्रशान्तले ३७ मतमा प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण