नामकरणविरुद्ध आन्दोलनमा विदेशीको सहयोगमा काठमाडौँदेखि मानिसहरू ल्याइँदैछ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी’ नामकरणको समर्थनमा सिङ्गो एमाले जुरुक्क उठ्न नसकेको बताएका छन् । प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संघ (पीपीएलए) को कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले भने, ‘ कोशी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरुक्क उठ्नु पर्थ्यो त्यसरी उठेन, बरु एमालेका कतिपय कार्यकर्ता नामकरणको विरोधमा लेख्ने र बोल्ने काममा सहभागी भएको पाइयो ।’ तत्कालीन प्रदेश नं १ को कोशी नामकरण ठिक भएको र यसबाट डराउनुपर्ने अवस्था नरहेको पनि उनले प्रस्ट पारे ।
उनले कोशी नामकरण विरुद्ध जबर्जस्ती आन्दोलन उठाइएको बताउँदै स्थानीय स्तरबाट आन्दोलन उठ्न नसकेपछि अहिले विदेशीहरूको सहयोगमा काठमाडौँ देखिका मानिसहरू ल्याउन थालिएको दाबी गरे । उनले यहाँ पनि भारतको मणिपुरमा जस्तै जातीय र सामुदायिक दङ्गा भड्काउन केही शक्तिले खोजिरहेको बताए ।
मुख्यमन्त्री कार्कीले कोशी नामकरणको विषयमा पुराना सबै राजनीतिक दलहरूले आ आफ्नो धारण सार्वजनिक गरे पनि रबीको पार्टीको धारण प्रस्ट नआएकोमा आश्चर्य व्यक्त गरे ।
एमालेका अगाडी धेरै समस्या नरहेको प्रस्ट पार्दै एमाले अरूका कारणले नभएर आफ्नै खुट्टामा अल्झिएर लड्ने गरेको उनको भनाइ थियो । मुलुकमा एमाले हार्ने सिट सङ्ख्या थोरै मात्रमा रहेको दाबी गर्दै तर धेरै ठाउँमा एमालेले नै एमालेलाई हराएको उनको कथन छ । ‘त्यसैले अब एक पटक हरेक मोर्चामा एमाले जिताऊ अभियान चलाउन हो भने मात्र पार्टीले चलाएको मिसन ८४ सफल हुन्छ ’– मुख्यमन्त्री कार्कीले भने ।
सो अवसरमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कानुन व्यवसायीहरूले स्थानीय जिल्लामा पीपीएलए र नेकपा एमालेको अवस्थाबारे अवगत गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण