सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नामकरणविरुद्ध आन्दोलनमा विदेशीको सहयोगमा काठमाडौँदेखि मानिसहरू ल्याइँदैछ : मुख्यमन्त्री कार्की

शनिबार, ०६ असोज २०८०, २० : ३७
शनिबार, ०६ असोज २०८०

विराटनगर  । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी’ नामकरणको समर्थनमा सिङ्गो एमाले जुरुक्क उठ्न नसकेको बताएका छन् । प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संघ (पीपीएलए) को कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै  मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले भने, ‘ कोशी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरुक्क उठ्नु पर्थ्यो त्यसरी उठेन, बरु एमालेका कतिपय कार्यकर्ता नामकरणको विरोधमा लेख्ने र बोल्ने काममा सहभागी  भएको पाइयो ।’ तत्कालीन प्रदेश नं १ को कोशी नामकरण ठिक भएको र यसबाट डराउनुपर्ने अवस्था नरहेको पनि उनले प्रस्ट पारे । 

उनले कोशी नामकरण विरुद्ध जबर्जस्ती आन्दोलन उठाइएको बताउँदै स्थानीय स्तरबाट आन्दोलन उठ्न नसकेपछि अहिले विदेशीहरूको सहयोगमा काठमाडौँ देखिका मानिसहरू ल्याउन थालिएको दाबी गरे । उनले यहाँ पनि भारतको मणिपुरमा जस्तै जातीय र सामुदायिक दङ्गा भड्काउन केही शक्तिले खोजिरहेको बताए । 

मुख्यमन्त्री कार्कीले कोशी नामकरणको विषयमा पुराना सबै राजनीतिक दलहरूले आ आफ्नो धारण सार्वजनिक गरे पनि रबीको पार्टीको धारण प्रस्ट नआएकोमा आश्चर्य व्यक्त गरे । 

 एमालेका अगाडी धेरै समस्या नरहेको प्रस्ट पार्दै एमाले अरूका कारणले नभएर आफ्नै खुट्टामा अल्झिएर लड्ने गरेको उनको भनाइ थियो । मुलुकमा एमाले हार्ने सिट सङ्ख्या थोरै मात्रमा रहेको दाबी गर्दै तर धेरै ठाउँमा एमालेले नै एमालेलाई हराएको उनको कथन छ । ‘त्यसैले अब एक पटक हरेक मोर्चामा एमाले जिताऊ अभियान चलाउन हो भने मात्र  पार्टीले चलाएको मिसन ८४ सफल हुन्छ ’– मुख्यमन्त्री कार्कीले भने । 

सो अवसरमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कानुन व्यवसायीहरूले स्थानीय जिल्लामा पीपीएलए  र नेकपा एमालेको अवस्थाबारे अवगत गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप