शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

शाओमीको नेपालमा ५ वर्ष पूरा

आइतबार, ०७ असोज २०८०, ०७ : ५७
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आफ्नो गौरवपूर्ण ५ वर्ष सफलता पूर्वक पूरा गरेको छ । यस महत्त्वपूर्ण अवसरमा शाओमीले उपस्थितिको पाँचवर्ष मात्र नभई नेपाली ग्राहकवर्गलाई इनोभेसन, गुणस्तर र किफायती स्मार्टफोन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । 

सन् २०१८मा लन्च भएदेखि नै शाओमीले नेपाली बजारमा महत्त्वपूर्ण फड्को मार्दै देशको अग्रणी स्मार्टफोन ब्रान्डहरूमध्ये एक बन्न सफल भएको छ । कम्पनीको सफलताको श्रेय उसको इनोभेसन र किफायती मूल्यमा उच्च गुणस्तरका स्मार्टफोनहरू उपलब्ध गराउने प्रतिबद्धतामा समर्पित गरेको छ ।  

विगत पाँच वर्षमा शाओमीले नेपाली स्मार्ट फोन बजारमा आफ्नो उपस्थितिलाई निरन्तर बढाउँदै आएको छ । शाओमी टेक्नोलोजी क्षेत्रमा घर–घरको नाम बन्दै देशको एक अग्रणी स्मार्टफोन ब्रान्ड बन्न सफल भएको छ । उत्कृष्ट उत्पादन र अत्याधुनिक प्रविधिलाई उपभोक्तामाझ पु¥याउने ब्रान्डको अटल समर्पणले नेपाली ग्राहक वर्गको हृदयमा विशेष स्थान कमाएको छ । शाओमी नेपाल उच्च गुणस्तरको प्रविधिलाई सबैका लागि पहुँचयोग्य बनाउने आफ्नो लक्ष्यमा अडिग रहेको छ । साथै नेपालमा आफ्ना प्रोडक्ट अफरिङ् तथा ग्राहक अनुभवलाई थप वृद्धि गर्न प्रतिबद्ध छ ।

विगतका वर्षहरू जस्तै शाओमी नेपालले ग्राहक वर्गको चाडपर्वलाई थपविशेष बनाउँदै पपुलर स्मार्टफोन मोडेलहरूमा रुदुई हजार सम्मको आकर्षक छुट प्रदान गरिरहेको छ । शाओमी नेपालले ‘चाडपर्वको मुड, अफर टु गुड’ घोषणा गरी शाओमी फ्यानबेसका लागिखुसी फैलाउने र उल्लेखनीय अफरहरू प्रदान गर्ने प्रतिबद्धता कायम राखेको छ ।

यस महत्त्वपूर्ण अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भनिन्,“हामी नेपालमा हाम्रो ५ औँ वार्षिकोत्सव मनाउन पाउँदा धेरै खुसी छौँ । यस सुन्दर देशमा शाओमीको यात्रा उल्लेखनीय रह्यो र हामी ग्राहकवर्गहरू तथा पार्टनरहरूको विश्वास र समर्थन प्रति आभारी छाैँ । हामी आशा गर्दछौँ कि यो सर्पोट भविष्यमा पनि जारी रहनेछ ।”

शाओमी नेपाली ग्राहकहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू उपलब्ध गराउन प्रतिबद्ध छ । रिटेल पार्टनर र सर्भिस सेन्टरहरूको विस्तृत नेटवर्कको साथकम्पनीले देशमा बलियो उपस्थिति बनाएको छ । शाओमी नेपालले विगत पाँच वर्षमा नेपालमा प्रविधिलाई हेर्ने तरिका मात्र परिवर्तन गरेको छैन, आफ्नो करपोरेट सोसल रेस्पन्सिबिलिटी प्रयासहरू मार्फत समुदायलाई भलो हुने काम पनि गरेको छ । साथै शाओमी नेपालले आफ्नो फेसबुकमा सक्रिय शाओमी फ्यान क्लबमार्फत टेक फ्यानहरूका लागि एक सक्रिय कम्युनिटी निर्माण गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप