केएफसीले खोल्यो विशेषरुपमा बोल्ने महिलाको व्यवस्थापनमा रेस्टुरेन्ट
काठमाडौँ । देवयानी इन्टरनेशनल नेपालले विशेष रूपमा बोल्ने र श्रवण–शक्ति नभएका महिलाद्वारा सञ्चालित विशेष केएफसी सञ्चालनमा ल्याएको छ । सेप्टेम्बर २३ को अवसरमा सञ्चालनमा आएको रेस्टुरेन्टमा फरक क्षमता भएका महिलाहरूको टोलीले नै सम्पूर्ण रेस्टुरेन्ट व्यवस्थापन गर्नेछन् ।
यो पहल देवयानी इन्टरनेशनल नेपाल र केएफसीसहित सबैका लागि समान अवसरहरू सिर्जना गर्ने महत्त्वपूर्ण उपलब्धि भएको बताइएको छ । ‘हाम्रो विशेष टोलीको उत्साह र समर्पणले अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसको भावनालाई स्वरूप दिन्छ,’ देवयानी इन्टरनेश्नलले भनेको छ, ‘सञ्चारले शब्दहरूलाई पार गर्छ । व्यापक प्रशिक्षणको साथ, केएफसीले ग्राहकहरूलाई यस विशेष टोलीद्वारा सेवा दिने सुनिश्चित गरेको छ ।’
केएफसी इन्डिया र नेपालका प्रमुख कार्यकारी अधिकृत रजत लुथराले बोल्ने र श्रवणशक्ति नभएका महिलाहरूद्वारा सञ्चालित पहिलो केएफसी रेस्टुरेन्ट खोल्ने पहलमा खुसी व्यक्त गरे र परिवर्तनकारी प्रभावमा आफ्नो अटल सहयोगको वाचा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण