प्रतिकिलो ४० रुपैयाँमा झर्यो गोलभेँडाको थोक मूल्य
काठमाडौँ । निरन्तर मूल्य बढेर थोक मूल्य प्रतिकिलो १०० रुपैयाँभन्दा माथि पुगेको गोलभेँडाको मूल्य ४० रुपैयाँमा झरेको छ । कालिमाटी फलफुल तथा तकारी बजार विकास समितिले आज ठूलो भारतीय गोलभेँडाको मूल्य ४० रुपैयाँ कायम रहेको जनाएको हो ।
समितिका अनुसार सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ४७, टनेल गोलभेँडाको ५५ रुपैयाँ र सानो भारतीय गोलभेडाको मूल्य ३५ रुपैयाँ छ । यस्तै, मुडेको आलु ५१ रुपैयाँ, रातो आलु ५७ रुपैयाँ, सुकेको प्याज ६६ रुपैयाँ तोकिएको छ ।
यस्तै, बन्दा ६५ रुपैयाँ, काउली ८५ रुपैयाँ, सेतो मुला ७५ रुपैयाँ र लाम्चो भन्टा १५ रुपैयाँ छ । यसबाहेक बोडीको थोक मूल्य ५५ रुपैयाँ हुँदा घिउ सिमि ५५ रुपैयाँ, भटमासकोशा ८५ रुपैयाँ, तिते करेला ५५, लौका ४५ रुपैयाँ, परवर ४५ रुपैयाँ छ ।
रायो सागको थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ हुँदा तोरीको सागको मूल्य प्रतिकिलो २५ रुपैयाँ राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण