अब फिल्म अभिनयमा हतार नगर्ने अनमोल केसीको घोषणा
काठमाडौँ । अभिनेता अनमोल केसीले आफूलाई स्क्रिप्ट चित्त नबुझेसम्म अब फिल्म साइन गर्न हतार नगर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले अबको आफ्नो ध्यान प्रोजेक्ट कसरी राम्रो बनाउने भन्नेमा रहने बताएका हुन् ।
‘म कुनै पनि प्रोजेक्टमा आबद्ध हुँदा कसैको निहित व्यक्तिगत स्वार्थमा उपयोग नहुँ भन्नेमा निक्कै गम्भीर छु, त्यसैले मैले अब फिल्म गर्दा जबसम्म स्क्रिप्टमा मेरो पूर्ण चित्त बुझाइ हुँदैन तबसम्म फिल्म गर्न हतार गर्ने छैन चाहे यसका लागि विलम्ब नै किन नहोस्’, उनले अगाडि भनेका छन्, ‘अबको मेरो एकमात्र ध्यान भनेको प्रोजेक्ट कसरी राम्रो हुन्छ भन्ने हो, यसका लागि अब ममाथि कुनै प्रकारको दबाब वा हतारको प्रभाव हुन्न र हुन दिनेछैन ।’ यसबाट आफूलाई व्यक्तिगत राम्रो गर्नुको अलवा आफूमाथि भरोसा गरेर लगानी गर्ने निर्मातालाई समेत राम्रो हुने उनको जिकिर छ ।
‘फिल्म निर्माणको व्यावसायिकता र यो क्षेत्र कति घनिभूत छ भन्ने स्थापित गर्छ’ उनले थपे ।
अनमोल यो वर्ष सुदर्शन थापाको ‘रावायण’ र सुयोग गुरुङको ‘फर्की फर्की’ गरी दुई फिल्म अभिनय गर्ने तरखरमा छन् । उनले यो पोस्ट यी दुई फिल्मले गरेको छायांकन हतारोलाई मध्यनजर गर्दै पोस्ट गरेको अनुमान गरिएको छ । ‘होष्टल’बाट अभिनेताको रुपमा डेब्यु गरेका अनमोल पछिल्लो समयका महँगा हिरो हुन् । फिल्ममा उनको राम्रो डिमान्ड भएपनि उनी अभिनीत फिल्म भने धेरै फ्लप छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण