बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

उच्चस्तरीय आयोग गठनबारे सहमति जुटाउन फेरि छलफल हुँदै

आइतबार, ०७ असोज २०८०, १२ : १८
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । तस्करीको सुन छानबिनका लागि उच्चस्तरीय आयोग गठनबारे सहमति जुटाउन सरकार र नेकपा एमालेका नेताहरुबीच फेरि छलफल हुने भएको छ । 

यसअघि शुक्रबार दुई पटक बसेको बैठकमा आयोगको कार्यदेशबारे सत्ता र प्रतिपक्षबीच कुरा नमिल्दा असोज ५ गते गठन हुने भनिएको आयोग गठन हुन सकेको थिएन । 

‘आइतबार दिउँसो २ छलफलका लागि बोलाइएको छ’, नेकपा एमालेका सचेतक महेश बर्तौलाले भने,‘दिउँसो २ बजे हामी गृह मन्त्रलाय जाँदैछौ ।’

शुक्रबारको छलफलमा एमालेले ६१ किलोसहित भेपमार्फत तस्करी भएको सुनको समेत सुक्ष्म छानविन गर्नेगरी आयोग गठन हुनुपर्ने अडान राखेको थियो । एमालेको यो अडानमा सरकारी पक्ष सहमत हुन नसकेपछि आयोग गठन हुन सकेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप