होण्डाको दसैँमा दश लाख योजना सार्वजनिक
काठमाडौँ । होण्डा टु व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले “दसैँमा दश लाख” नामक उपहार योजना ल्याएको आएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी रु. १० लाख नगद जित्ने अवसर पाउनेछन् ।
यसका साथै “Choose Your Scheme” अर्न्तगत ग्राहकहरुले रु. १०,००० सम्मको थप स्क्रयाच कार्ड वा रु. १२,५०० बराबरको ५ वर्षे AMC Package पाउन सक्नेछन् । कम्पनीले ग्राहकहरुलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले “रु. १ फाइनान्स योजना” मा पनि यो “दशैंमा दश लाख” योजना उपलब्ध गराइरहेको छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा रु. १ लाख सम्मको आकर्षक छुट पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यो योजना सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीको भनाइ छ । होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण