१९औँ एसियाली खेलकुद : पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै भण्डारीको राष्ट्रिय कीर्तिमान
_G6hMnJWli2.jpg)
हाङ्जाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आज भएको खेलमा नेपाली महिला सुटर श्लिषा भण्डारीले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै १० मिटर एयर राइफलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । उनले कुल ६१६ दशमलव ९ अंक जोड्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।
यसअघि उक्त कीर्तिमान कल्पना परियारको नाममा थियो । परियारले उक्त कीर्तिमान सन् २०२० मा जापानको टोकियोमा भएको ओलम्पिकमा कायम गरेकी थिइन् । उनको नाममा ६१६ दशमलव ८ अंकको कीर्तिमान थियो ।
भण्डारीले सुरुआतका तीन चरणमा एक सय एक दशमलव एक, एक सय दशमलव तीन तथा एक सय दुई दशमलव पाँच स्कोर बनाएकी थिएन् । उनले त्यसपछिको तीन चरणमा एक सय पाँच, एक सय चार दशमलव आठ तथा एक सय तीन दशमलव दुई स्कोर गरिन् । १९ वर्षीया भण्डारीले गत वर्ष गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट आफ्नो खेल यात्रा प्रारम्भ गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना
-
कानुनी सहायतासम्बन्धी सम्मेलन भारतमा सम्पन्न : नेपालका प्रधानन्यायाधीशसहित सहभागी
-
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई
-
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका मुख्य समाचार
-
विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ