एसियाली खेलकुदको तेस्रो दिन जुडोमा नेपालका तीन खेलाडी पराजित
सोमबार, ०८ असोज २०८०, १२ : ३२
काठमाडौँ । चीनमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगिताको तेस्रो दिन सोमबार जुडोमा नेपालका तीनजना खेलाडी पराजित भएका छन् । यसअघि आइतबार पनि जुडोमा तीनजना नेपाली खेलाडी पराजित भएका थिए ।
सोमबार महिलातर्फको ५७ केजीभन्दा मुनिको तौलसमूहमा नेपालकी मनिता प्रधान श्रेष्ठ तुर्कमेनिस्तानकी खेलाडी मायसा पारदाएभासँग पराजित भइन् । यसैगरी पुरुषतर्फको ८१ केजीभन्दा मुनिको तौलसमूहमा नेपालका जंगबहादुर सरु पनि पराजित भए ।
फिलिपिन्सका जोन भिरोन फेररले जंगबहादुरलाई हराएका हुन् । यसैगरी महिलातर्फको ७० केजीभन्दा मुनिको तौलसमूहमा नेपाली खेलाडी पुनम श्रेष्ठ पनि पराजित भएकी छन् पुनमलाई मंगोलियाकी खेलाडी नयाम एर्डेन बात्सुरीले हराएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण