एसियाली खेलकुदको तेस्रो दिन जुडोमा नेपालका तीन खेलाडी पराजित
सोमबार, ०८ असोज २०८०, १२ : ३२
_PlL8WVsSaC.jpg)
काठमाडौँ । चीनमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगिताको तेस्रो दिन सोमबार जुडोमा नेपालका तीनजना खेलाडी पराजित भएका छन् । यसअघि आइतबार पनि जुडोमा तीनजना नेपाली खेलाडी पराजित भएका थिए ।
सोमबार महिलातर्फको ५७ केजीभन्दा मुनिको तौलसमूहमा नेपालकी मनिता प्रधान श्रेष्ठ तुर्कमेनिस्तानकी खेलाडी मायसा पारदाएभासँग पराजित भइन् । यसैगरी पुरुषतर्फको ८१ केजीभन्दा मुनिको तौलसमूहमा नेपालका जंगबहादुर सरु पनि पराजित भए ।
फिलिपिन्सका जोन भिरोन फेररले जंगबहादुरलाई हराएका हुन् । यसैगरी महिलातर्फको ७० केजीभन्दा मुनिको तौलसमूहमा नेपाली खेलाडी पुनम श्रेष्ठ पनि पराजित भएकी छन् पुनमलाई मंगोलियाकी खेलाडी नयाम एर्डेन बात्सुरीले हराएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेलले भन्यो–सेयर धनी परिवर्तनले हाम्रो सेवा र सुविधामा अवरोध हुँदैन
-
सोती घटना : थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला
-
कानुन निर्माणमा संसदीय समितिको प्रभावकारी भूमिका नभएको भन्दै सांसदहरुको असन्तुष्टि
-
‘दान्भी’को फस्टलुकमा पूजाको एक्सन अवतार
-
गीतको म्युजिक ट्रयाक अनधिकृत प्रयोग नगर्न लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह
-
पार्टी एकताबद्ध भए बहुमत ल्याउन सकिन्छ : सभापति देउवा