कोशी प्रदेश : एमाले सचेतकमा दर्नाल नियुक्त
विराटनगर । नेकपा एमालेले कोशी प्रदेश संसदीय दलको सचेतकमा कमला दर्नाल नियुक्त गरेको छ । तेह्रथुम निवासी दर्नाल समानुपातिक तर्फबाट सांसद चयन भएकी हुन् । मुख्यमन्त्री तथा दलका नेता हिक्मतकुमार कार्कीको निर्णयअनुसार दर्नाललाई सचेतकमा नियुक्त गरिएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
एमालेको तर्फबाट यसअघि सचेतकमा नियुक्त सिर्जना राई राज्यमन्त्रीमा नियुक्त भएपनि उक्त पद खाली थियो । यसैबीच एमालेले आजै मन्त्रीमण्डल विस्तार गर्ने निर्णय पनि गरेको छ । भण्डारीले मन्त्रीमण्डल विस्तार गर्ने विषयमा निर्णय भएको भएपनि मन्त्रीहरुको टुंगो लाग्न भने बाँकी रहेको बताए । ‘मन्त्रीहरुको नाम टुंगो लाग्न बाँकी छ,’ भण्डारीले भने ।
सर्वोच्चको परमादेशबाट संविधानको धारा १६८ (३) अनुसार बनेको हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा एमालेकै तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की र सिर्जना राई मन्त्री बनेका छन् । एमाले स्रोतकाअनुसार यसअघि मन्त्री बनेका सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, मोरङका लिलाबल्लभ
अधिकारी, तथा सांसदहरु सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राई मन्त्री बन्ने भएका हुन् । मन्त्रीको टुंगो लागिसकेपछि आजै साँझसम्ममा शपथग्रहणको तयारी गरेको मुख्यमन्त्री कार्यालय स्रोतले दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण