सामाजिक सदभाव र धार्मिक सहिष्णुता कायम राखौं : गृहमन्त्री श्रेष्ठ
विराटनगर । संघीय सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सदभाव र धार्मिक सहिष्णुता कायम राख्न जोड दिएका छन् । विराटनगरमा आज आयोजित सुरक्षासम्बन्धी समसामयिक छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सामाजिक सद्भाव र सहिष्णुताको रक्षा गर्नुपर्ने बताउँदै अहिले कोशी प्रदेशमा विविधता बीचको एकता, सहिष्णुतालाई कमजोर पार्न खोजिएको देखिएको बताए । यो समस्यालाई राजनीति तबरबाटै नयाँ वातावरण निर्माण गरेर मात्रै हल गर्न सकिने उनले बताए ।
‘अहिले जातीय, भाषिक, सांस्कृतिक र धार्मिक विषयमा सदभाव र सहिष्णुता कायम गर्नु नै मुख्य हो’ उनले भने- ‘यो प्रदेशको समृद्धिको लागि पनि सदभाव र एकता कायम गरेर अगाडि बढ्नुपर्ने आवश्यकता हुन्छ ।’
प्रदेशका चुनौतीलाई राजनीतिक पार्टीले कसरी लिइरहेको छ भनेर कार्यक्रम आयोजना गरिएको उनले बताए । राष्ट्रिय स्वाधिनता, आन्तरिक एकता र आर्थिक विकासमा एकता गरेर जानुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण