एसियाली खेलकुदमा नेपाली फेन्सिङ खेलाडीको खराब प्रदर्शन
काठमाडौँ । चीनमा जारी १९ औँ एसियाली खेलकुदको तेस्रो दिन सोमबार फेन्सिङमा कुनै पनि नेपाली खेलाडीले जित हात पार्न सकेनन् । फेन्सिङको स्पर्धा चीनको हाङ्झाव डायान्जी विश्वविद्यालयको जिम्नाजियमा भएको हो ।
पुरुषतर्फको साब्रे व्यक्तिगत स्पर्धामा नेपालका पायस योञ्जनले पाँचवटै खेलमा पराजय ब्यहोरे । पायस कजाकिस्तानका अर्टोक सर्किस्यान र हङ्कङका हो थिन लोसँग ५(० अंकसँग पराजित भएका हुन् ।
उनी उज्वेकिस्तानका सर्जोद ममुतोभ, इरानका पाक्दामान ईस्माइल जादेह र साउदी अरेबियाका अदेल मुख्लिद अल्मुलाइरीसँग समान ५–१ ले पराजित भएका थिए ।
पुरुषतर्फको साब्रे व्यक्तिगत स्पर्धामै नेपालका राजेन्द्र गजुरेल कुवेतका मोहम्मद अब्दुल करिमसँग ५–२ ले पराजित भए । उनी हङ्कङका लोन आरोन हो स्जे, चीनका यिनगुई यान, भियतनामका भान एनगुएन, दक्षिण कोरियाका सानगुक हो र जापानका काइलो स्ट्रिटसँग समान ५–० ले पराजित भएका थिए । हारसँगै उनको एसियाड यात्रा समूहगत चरणमै सिमित भयो ।
यसैगरी महिला फोइल व्यक्गिततर्फ पनि नेपालकी मन्दिरा थापाको यात्रा समूह चरणमै टुंगियो । उनी हङ्कङकी नोक डाफी चेन, जापनकी सिरा अजुमा र दक्षिण कोरियाकी हियो जिन होङ्सँग समान ५–० ले पराजित भइन् ।
उनी मकाउकी हियो ल्याम कुसँग ५–१ र थाइल्यान्डकी चायदा सुकुलसँग पनि ५३ ले पराजित भइन् । अर्की नेपाली खेलाडी गोमा आर्चाय पनि समूह चरणबाट बाहिरिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण