सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

दुग्ध उत्पादन प्रोत्साहन गर्न बेथानचोकद्वारा कृषकलाई क्यान सहयोग

सोमबार, ०८ असोज २०८०, २० : ३०
सोमबार, ०८ असोज २०८०

मकवानपुर । बेथानचोक गाउँपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न कृषकहरुलाई क्यान उपलब्ध गराएको छ । 

दुग्ध उत्पादक कृषकहरुलाई दूध उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले बेथानचोक गाउँपालिका वडा नम्बर–३ का १५० जना कृषकहरुलाई क्यान  उपलब्ध गराएको हो ।

दुग्ध उत्पादनलाई बजार वा संकलन केन्द्रसम्म पुर्याउन सहजताका लागि गाउँपालिकाले कृषकहरुलाई क्यान उपलब्ध गराएको जनाएको छ । सोमबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष भगवान अधिकारीले कृषकहरूलाई क्यान वितरण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले प्रत्येक वडामा किसान लक्षित गतिविधि सञ्चालन गरिएको बताए । कृषकहरूका समस्या समाधान गर्न गाउँपालिका गम्भीर रहेको र त्यसका लागि आवश्यकता अनुसार प्रदेश र संघ सरकारसँग समेत पहल गर्ने उनले बताए ।

पालिकाका सबै वडाको कृषि तथा पशुपालक किसान लक्षित विभिन्न कार्यक्रम संचालन गर्नुका साथै विगतमा हुँदै आएका सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ । पशु पालक किसानका लागि पशुआहरका लगायतका गतिविधि सञ्चलन गर्ने गाउँपालिकाको योजना रहेको उनले बताए । गाउँपालिका दुग्ध उत्पादनसँगै डेरीको पनि हब बन्दै गइरहेकाले किसान प्रोत्साहन हुनेगरी काम गरिने उनले बताए ।

सहुलियत दरमा कृषि कर्जा, कृषि बीमा, बजारीकरणका अवधारणा बन्दै गएको भन्दै उनले किसानले किसान हुँ भनी गर्व गर्ने खालका कामहरु अघि बढाउने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढाथापाले कृषि उत्पादनको सदुपयोग गरी औद्योगिक विकासमा अघि बढ्नुपर्ने बताए । नयाँ नयाँ प्रविधि जोड्दै कृषि उत्पादनका लागि कच्चा पदार्थहरू मल, बीउ, औषधि, प्रविधि र प्राविधिक सेवामा गाउँपालिकाले ध्यान दिनुपर्ने उनले बताए । बेथानचोकको पर्यावरण  कृषिका लागि उपयुक्त भएकोले कृषिबाटै समृद्धि खोज्नु पर्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप