दुग्ध उत्पादन प्रोत्साहन गर्न बेथानचोकद्वारा कृषकलाई क्यान सहयोग
मकवानपुर । बेथानचोक गाउँपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न कृषकहरुलाई क्यान उपलब्ध गराएको छ ।
दुग्ध उत्पादक कृषकहरुलाई दूध उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले बेथानचोक गाउँपालिका वडा नम्बर–३ का १५० जना कृषकहरुलाई क्यान उपलब्ध गराएको हो ।
दुग्ध उत्पादनलाई बजार वा संकलन केन्द्रसम्म पुर्याउन सहजताका लागि गाउँपालिकाले कृषकहरुलाई क्यान उपलब्ध गराएको जनाएको छ । सोमबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष भगवान अधिकारीले कृषकहरूलाई क्यान वितरण गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले प्रत्येक वडामा किसान लक्षित गतिविधि सञ्चालन गरिएको बताए । कृषकहरूका समस्या समाधान गर्न गाउँपालिका गम्भीर रहेको र त्यसका लागि आवश्यकता अनुसार प्रदेश र संघ सरकारसँग समेत पहल गर्ने उनले बताए ।
पालिकाका सबै वडाको कृषि तथा पशुपालक किसान लक्षित विभिन्न कार्यक्रम संचालन गर्नुका साथै विगतमा हुँदै आएका सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ । पशु पालक किसानका लागि पशुआहरका लगायतका गतिविधि सञ्चलन गर्ने गाउँपालिकाको योजना रहेको उनले बताए । गाउँपालिका दुग्ध उत्पादनसँगै डेरीको पनि हब बन्दै गइरहेकाले किसान प्रोत्साहन हुनेगरी काम गरिने उनले बताए ।
सहुलियत दरमा कृषि कर्जा, कृषि बीमा, बजारीकरणका अवधारणा बन्दै गएको भन्दै उनले किसानले किसान हुँ भनी गर्व गर्ने खालका कामहरु अघि बढाउने बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढाथापाले कृषि उत्पादनको सदुपयोग गरी औद्योगिक विकासमा अघि बढ्नुपर्ने बताए । नयाँ नयाँ प्रविधि जोड्दै कृषि उत्पादनका लागि कच्चा पदार्थहरू मल, बीउ, औषधि, प्रविधि र प्राविधिक सेवामा गाउँपालिकाले ध्यान दिनुपर्ने उनले बताए । बेथानचोकको पर्यावरण कृषिका लागि उपयुक्त भएकोले कृषिबाटै समृद्धि खोज्नु पर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण