बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीको चीन भ्रमण

चीनसँगको व्यापारमा खुल्यो लिजी बन्दरगाह, अन्य के–के सम्झौता भए ?

मङ्गलबार, ०९ असोज २०८०, १० : ५८
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारका लागि लिजी बन्दरगाह सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा कोरला नाकाको नजिक रहेको उक्त बन्दरगाह नेपाल–चीन व्यापारका लागि खुला भएको हो ।

यससँगै, तातोपानीको खासा नाका समेत सर्वसाधारणका लागि खुला भएको संयुक्त वक्तव्यमा उल्लेख छ । यो भूकम्पका कारण यो नाकाबाट सर्वसाधारण चीनको खासा जान बन्द थियो । कोभिड अघि आंशिकरुपमा खुलेपनि पुनः बन्द भएको थियो । जुन, अहिले पुनः सञ्चालनमा आएको हो ।

यसबाहेक, भ्रमणका क्रममा दुवै पक्षले पुलाङ र जिलोङ नाका व्यापारिक र सर्वसाधारणका लागि खुला गर्न सहमत बनेका छन् । यसबाहेक, चिनियाँ पक्ष लिज–नेचुङ नाकालाई सहज बनाउन सहमत बनेको संयुक्त वक्तव्यमा लेखिएको छ । ‘चेन्ताङ–किमाथांका, रिवु–ओलाङ्चुङगोला नाका समेत निकट भविष्यमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप