पत्रकार धामीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
काठमाडौँ । रातोपाटी डटकम अनलाइनमा कार्यरत पत्रकार कृष्णसिंह धामीलाई आक्रमण गरी घाइते बनाउनेहरूलाई कानुनी दायरामा ल्याउन नेपाल पत्रकार महासंघले माग गरेको छ । आपराधिक मनसायले पत्रकारमाथि आक्रमण गर्नेको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायको महासंघले ध्यानाकर्षण गराएको हो ।
असोज ८ गते सोमबार दिउँसो ४ः०० बजे खाजा खाएर ललितपुरको बखुन्डोलस्थित अनलाइनको कार्यालय फर्कँदै गर्दा ५/६ जनाको समूहमा आएका व्यक्तिहरूले सांघातिक आक्रमण गर्दा पत्रकार धामीको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागी पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भएको गरिएको थियो ।
भाद्र २५ गते सोमबार त्रिभुवन विश्वविद्यालयबाट प्रदान गरिएको केही शैक्षिक कार्यक्रमका बारे रातोपाटी अनलाइनले समाचार प्रकाशित गरेको थियो । सोही विषयलाई लिएर विद्यार्थी संगठनले पत्रकार कृष्णसिंह धामी र रातोपाटी अनलाइनको नाम किटान गरी २०८० भाद्र २६ गते मंगलबार चेतावनीपूर्ण विज्ञप्ति जारी गरेको थियो । यो विषयलाईसमेत मध्यनजर गर्दै अनुसन्धान अघि बढाइ कानुनी कारबाही गर्न महासंघले माग गरेको छ ।
‘कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमले आक्रमण हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी काम हो । दिनदहाडै भएको यो घटनाले प्रेसको सुरक्षा स्थिति चुनौतीपूर्ण देखिएको महासंघको निष्कर्ष छ,’ सचिव गोविन्दप्रसाद चौलागाईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण