शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अध्यक्ष नेपालको नेतृत्वमा  समाजवाद जागरण यात्रा मूल व्यवस्थापन समिति गठन

मङ्गलबार, ०९ असोज २०८०, १४ : ५८
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा दुई हजार एक सदस्यीय समाजवाद जागरण यात्रा मूल व्यवस्थापन समिति गठन गरेको छ ।

यही असोज १४ देखि २९ गतेसम्म गर्न लागिएको यात्रालाई प्रभावकारी तथा व्यवस्थित बनाउन उक्त समिति गठन गरिएको पार्टी प्रचार विभागका सचिव प्रकाश खतिवडाले जानकारी दिए । 

पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय, सबै प्रदेशका सचिवालय सदस्य, जिल्लाका पदाधिकारी र प्रदेश इन्चार्जको अध्यक्षतामा सम्बन्धित प्रदेश कमिटी, जिल्ला कमिटी सदस्य तथा प्रदेशस्तरीय आयोजक कमिटीलाई समितिमा समावेश गरिएको छ ।

मूल आयोजक कमिटी र प्रदेश आयोजक कमिटीले मूल व्यवस्थापन समितिसँग समन्वय गरी यात्रालाई व्यवस्थित बनाउनेछन् । सबै जनवर्गीय सङ्गठनका अध्यक्ष र महासचिवलाई यात्रामा सहभागी हुन अनिवार्य गरिएको छ । 

काँकडभिट्टाबाट सुरु भएर सुर्खेतमा समापन हुने यात्रामा रुपान्तरणकारी एजेन्डा, पार्टीले उठाउँदै आएका मुद्दा र कार्ययोजनाबारे जनतालाई बुझाइने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप