चिकित्सक कुटपिट प्रकरण : माओवादी केन्द्र स्वास्थ्य विभाग सदस्य डा. कोइरालाले दिए राजीनामा
मङ्गलबार, ०९ असोज २०८०, १६ : २५
काठमाडौँ । डाक्टर कुटपिटको विषयमा असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका केन्द्रीय स्वास्थ्य विभाग सदस्य रहेका डा.दीपक कोइरालाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका छन् ।
मङ्गलवार एक विज्ञप्ति जारी गर्दै उनले जबसम्म कडा कानुन बन्दैन तबसम्म पार्टीको काममा नफर्किने घोषणा गरेका हुन् ।
डा.कोइरालाले आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदासमेत चिकित्सकले पिटाइ खानुपरेको, प्रहरी प्रशासनले उल्टै गुण्डागर्दीमा उत्रिएकालाई जोगाउन खोजेको आरोप लगाएका छन् ।
सोमबार बिना आरोप नेपाल प्रगतिशील चिकित्सक सङ्घ गण्डकीका अध्यक्षलाई एक दिन हिरासतमा राख्नु लज्जास्पद भएको समेत उनको भनाइ छ । मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत बिरामीको मृत्यु भएपछि देशभरका चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण