सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्यकर्मीलाई देशभित्रै बस्ने वातावरण मिलाउन मेयर शाहको माग

मङ्गलबार, ०९ असोज २०८०, १७ : ३१
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले स्वास्थ्यकर्मीहरूलाई देशभित्रै बस्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेका छन् । मंगलवार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै शाहले दासलाई झैँ सरकारले अन्य चिकित्सकहरूलाई पनि सुरक्षाको प्रत्याभूति दिलाइ देशमै रहेर सय वर्ष बिताउन सक्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका हुन् । 

उनले स्वास्थ्यकर्मीहरूको सुरक्षा गर्न देशमा कठिनाइ भइरहेको बताए। उनले भने, ‘अहिलेको देशको स्थितिमा उहाँ जस्तो व्यक्तिको बारेमा काठमाडौँ महानगरपालिकाभित्रै नभएर देशभर नै उहाँको विशेषता र उहाँको प्रेरणा मूल समारोह समितिले वर्षभर गर्ने कार्यक्रममा मूल सूचना प्रवाह गर्न सके नयाँ पुस्तालाई निकै प्रेरणा मिल्छ । विशेष गरी डाक्टर साब, नर्स, स्वास्थ्यकर्मीहरू, अहिलेको देशको स्थितिमा देशमै रहेर सय बिताउन सक्ने प्रेरणा जाओस् । अहिलेको स्थितिमा जुन स्वास्थ्यकर्मीहरू बाहिरिँदै जाँदै हुनुहुन्छ, उहाँहरूको रक्षा र सुरक्षा गर्न कठिन परेको छ, उहाँजस्तै देशमै बसेर सेवा गर्न सकिन्छ भनेर स्वास्थ्यकर्मीहरूलाई सुरक्षाको व्यवस्था होस् । कार्यक्रमको सुरुमै के भनियो भन्दा पाँच वटा राजा, ३५ प्रधानमन्त्री भनियो । एउटा व्यक्तिले आफ्नो पेसा इमानदारिताका साथ गर्न काममा निरन्तरता दिन कुनै पनि तन्त्रले केही फरक नपर्ने रहेछ ।’

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप