समाजमा अराजकता बढ्दै गयो : उपाध्यक्ष शाक्य
मङ्गलबार, ०९ असोज २०८०, १८ : १२

काठमाडौँ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले समाजमा अराजकता र अनैतिकता बढ्दै गएको बताएकी छन् ।
मंगलबार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उनले यस्तो बताएकी हुन् । उनले समाजमा अराजकता र अनैतिकता बढिरहेको बेलामा र मानव सेवा कमजोर बन्दै गएको बेलामा जनसेवामा समर्पित हुँदै जानुपर्ने आवश्यकता रहेको बताइन् ।
उपाध्यक्ष शाक्यले मानव स्वास्थ्यको लागि आफ्नो जीवन समर्पण गर्नु अहिलेको आवश्यकता भएको बताइन् । उनले क्षयरोग र कुष्ठरोगीलाई हेर्ने नजर अहिले पनि सकारात्मक नरहेको बताइन् ।
उपाध्यक्ष शाक्यले मानव स्वास्थ्यको लागि आफ्नो जीवन सिंगो रुपमा समर्पण गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युट्युबबाट सीप सिकेर उद्यम, घरमै स्वरोजगार
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष