काठमाडौँको फोहर व्यवस्थापनमा कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघको चासो
काठमाडौँ । काठमाडौँको विकराल समस्या बनेको फोहोर व्यवस्थापनमा बिनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघले पहल थालेको छ । एनआरएनएको पहलमा कोरियन कम्पनीले काठमाडौँको फोहोर व्यवस्थापन हुने बञ्चरेडाँडा क्षेत्रको भ्रमण गरेको छ ।
अध्यक्ष बिनोद कुँवरको अग्रसरतामा कोरियन कम्पनी सेन्जेन ग्रीन एन्ड इनर्जीका उपाध्यक्ष वाङ चोइ र जोङ होउ सम्मिलित एक प्रतिनिधि मण्डलले फोहर व्यवस्थापन केन्द्रको अवलोकन गरी त्यहाँका स्थानीय र कर्मचारीहरूसँग प्रत्यक्ष संवाद गरी आधुनिक प्रविधिबाट कसरी फोहरको व्यवस्थापन गर्न सकिन्छ बन्नेबारे छलफल गरेको हो । सो क्रममा स्थानीयले कम्पनीको अग्रसरताप्रति चासो देखाउँदै यसको सही प्रयोग हुन सके आफूहरूले भोग्दै आएको समस्या समाधान हुने विश्वास व्यक्त गरेका थिए ।

यस्तै छलफल पछि सहरी विकास मन्त्रालयमा मन्त्री सिता गुरुङ तथा मन्त्रालयका प्रतिनिधिहरूसँग पनि टोलीले छलफल गरेको बताइएको छ ।
कम्पनीले विश्वका अन्य देशहरूमा प्रयोगमा ल्याएको फोहर व्यवस्थापन प्रविधि र त्यसबाट कसरी हरित ऊर्जा उत्पादन गर्न सकिन्छ भन्ने बारेमा प्रस्तुतीकरण गरेको अध्यक्ष कुँवरले जानकारी दिए । प्रस्तुतीकरण गर्दै उपाध्यक्ष चोइले परियोजनालाई आवश्यक सम्पूर्ण सहयोग गर्न कम्पनी तयार रहेको र आवश्यक पुँजीको समेत सहुलियत दरमा व्यवस्थापन गर्न सकिने जानकारी दिए ।
सो अवसरमा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले नेपाल सरकारले पनि यस किसिमका प्रविधिहरूको अध्ययन र अवलोकन गरिरहेको भन्दै छिट्टै ग्लोबल टेन्डर आह्वान गर्ने गरेर कार्य अघि बढाउने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण