शिक्षा राज्यमन्त्रीका छोराले मापसे गरेर सरकारी गाडी दुर्घटना गराएको आरोप
काठमाडौँ । शिक्षा राज्यमन्त्री प्रमीला कुमारीका छोराले मापसे गरेर सरकारी गाडी दुर्घटना गराएको आरोप लागेको छ । ३ दिनअघि दक्षिणकाली नगरपालिका–२ मा सवारी दुर्घटना गराएका हुन् । मन्त्री पुत्र राहुल रायले चलाएको बि.एबी. ७३८५ नम्बरको स्कोर्पियोले कार र मोटरसाइकललाई ठक्कर दिएको थियो ।
सरकारी स्कोर्पियो लिएर दक्षिणकालीबाट बिहान ४ बजे बल्खुतर्फ आउँदै गरेका रायले मन्त्रालयबाट जारी ‘हल्का सवारी चालक’को परिचयपत्र देखाएका छन् । उनले चलाएको स्कोर्पियोको ठक्करबाट चार जना सामान्य घाइते भएको जनाइएको छ ।
मन्त्री पुत्र रायले मादक पदार्थ सेवन गरेका थिए । तर, उनलाई मापसे गरेको कसुरमा कुनै कारबाही भएन । दुर्घटनापछि विवाद हुँदा रायले ‘एपल साइडर’ पिएको स्वीकारेका थिए ।
प्रहरी प्रभाग फर्पिङले १ रात उनको गाडी होल्ड गरेको थियो । भोलिपल्ट दुवै पक्षले आ–आफ्नो सवारी साधन आफैँले बनाउने सहमति गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । उनले भने, ‘हामीकहाँ कुनै जाहेरी परेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण