वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुन कराते टोली ग्रिस प्रस्थान
बुधबार, १० असोज २०८०, ११ : ४६
काठमाडौँ । ग्रिसको चलकिडा सहरमा आयोजना हुने ३० औँ एसकेडियुएन. वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुन सोतोकान कराते डो संघको तीन सदस्यीय टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।
ग्रिस प्रस्थान गर्ने टोलीमा अफिसियलमा संघका उपाध्यक्ष बद्री बहादुर महत, टिम प्रशिक्षक एवं व्यवस्थापकमा राजु तामाङ र खेलाडी चित्र बहादुर श्रेष्ठ रहेका छन् । चित्रले आफ्नो खेल पश्चात् अन्य प्रतियोगितामा निर्णायकको भूमिका समेत निर्वाह गर्ने संघका महासचिव गोविन्द श्रेष्ठले जानकारी गराए ।
टोलीलाई संघका महासचिव एवं सहायक प्रमुख प्रशिक्षक गोविन्द श्रेष्ठले आज अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित बिदाइ गरे ।
च्याम्पियनसिप असोज १० देखि १४ गते सम्म सञ्चालन हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण