सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

चार महिनादेखि सम्पर्कविहीन २ डाक्टरलाई हाजिर हुन निर्देशन

बुधबार, १० असोज २०८०, १२ : १०
बुधबार, १० असोज २०८०

काठमाडौँ । गृह मन्त्रालयले चार महिनादेखि सम्पर्कविहीन दुई जना डाक्टरलाई हाजिर हुन निर्देशन दिएको छ । बुधवार गृहले सूचना प्रकाशित गरी डा. केशव श्रेष्ठ र डा.बालकृष्ण ज्ञवालीलाई एक साताभित्र हाजिर हुन निर्देशन दिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलका डा. श्रेष्ठ र नेपाल प्रहरी अस्पताल महाराजगन्जका सर्जिकल शाखाका डा. ज्ञवालीलाई सात दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली स्पष्टीकरण सहित हाजिर हुन मन्त्रालयले सूचनामार्फत निर्देशन दिएको हो । 

 यसअघि खोजतलास गर्दा र प्रहरी नियमावली २०७१ को नियम ११५ को उपनियम १ अनुसार सूचना टाँस गर्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको उल्लेख गरिएको छ ।

 कार्यालयमा हाजिर हुन नआएमा प्रहरी नियमावली २०७१ को नियम ११३ को खण्ड (च) को कसुरमा कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप