चार महिनादेखि सम्पर्कविहीन २ डाक्टरलाई हाजिर हुन निर्देशन
बुधबार, १० असोज २०८०, १२ : १०
काठमाडौँ । गृह मन्त्रालयले चार महिनादेखि सम्पर्कविहीन दुई जना डाक्टरलाई हाजिर हुन निर्देशन दिएको छ । बुधवार गृहले सूचना प्रकाशित गरी डा. केशव श्रेष्ठ र डा.बालकृष्ण ज्ञवालीलाई एक साताभित्र हाजिर हुन निर्देशन दिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलका डा. श्रेष्ठ र नेपाल प्रहरी अस्पताल महाराजगन्जका सर्जिकल शाखाका डा. ज्ञवालीलाई सात दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली स्पष्टीकरण सहित हाजिर हुन मन्त्रालयले सूचनामार्फत निर्देशन दिएको हो ।
यसअघि खोजतलास गर्दा र प्रहरी नियमावली २०७१ को नियम ११५ को उपनियम १ अनुसार सूचना टाँस गर्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको उल्लेख गरिएको छ ।
कार्यालयमा हाजिर हुन नआएमा प्रहरी नियमावली २०७१ को नियम ११३ को खण्ड (च) को कसुरमा कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण