कात्तिकभित्र जसपालाई पुनर्गठन गर्ने तयारी
काठमाडौँ । कात्तिक महिनाभित्र जनता समाजवादी पार्टी, नेपाललाई नयाँ विधान अनुसार पुनर्गठन गर्ने गरी अभियान अगाडि बढेको छ । असार दोस्रो हप्ता सम्पन्न पार्टीको विधान अधिवेशनपछि जसपा नेपालले नयाँ विधान अनुसार पार्टी पुनर्गठन गर्नका लागि तीन महिने अभियान सञ्चालन गरिरहेको छ ।
पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले हालसम्म पाँच वटा प्रदेश पुनर्गठन भइसकेको जानकारी दिए । हालसम्म कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश समितिलाई पुनर्गठन गरिसकेको छ । लुम्बिनी प्रदेश र कर्णाली प्रदेश समितिलाई पुनर्गठन गर्न छलफलहरू चलिरहेको उनले बताए ।
यो महिनाभित्र बाँकी दुईवटा प्रदेश पनि पुनर्गठन हुने उनले बताए । जो समिति पहिला नै बनिसकेका छन्, त्यसलाई नयाँ विधान अनुसार पुनर्गठन गर्ने र नबनेका समितिहरू पनि नयाँ विधान अनुसार गठन गरिने जसपाले जनाएको छ ।
पाँच वटा राष्ट्रिय समिति पनि पुनर्गठन भएका छन् । प्रमुख बस्नेतका अनुसार किराँत राष्ट्रिय समिति, तम्सालिङ राष्ट्रिय समिति, नेवाः राष्ट्रिय समिति, थरुहट राष्ट्रिय समिति र मगरात राष्ट्रिय समिति पुनर्गठन भएका छन् ।
जिल्ला, पालिका तथा भातृ संगठनलगायत अन्य समितिहरूलाई पनि पुनर्गठन गर्ने गृहकार्य सुरु भइसकेको छ । कात्तिकभित्र सबै समिति पुनर्गठन तथा गठन गरिसक्नुपर्ने पार्टीले निर्णय गरेको छ । तीन महिने अभियान समाप्त भएपछि महाधिवेशनको तयारीमा लाग्ने पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।
पार्टीको विधान अनुसार पार्टी पुनर्गठन भएपछि महाधिवेशनमा जाने तयारी भइरहेको छ । छठपछि महाधिवेशन हुने गरी पार्टीभित्र तयारी चलिरहेको छ । नयाँ विधान अनुसार पार्टीलाई चलायमान बनाउनका लागि समयमा महाधिवेशन गर्नुपर्ने उहाँले बताउनुभयो । नयाँ विधान अनुसार महाधिवेशन सम्पन्न भयो भने पार्टी झन् क्रियाशील हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण