सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

वार्षिक आन्तरिक ऋण निष्काशन तालिका संशोधन, पुस मसान्तभित्र १ खर्ब १० अर्ब उठाइने

बुधबार, १० असोज २०८०, १३ : ५०
बुधबार, १० असोज २०८०

काठमाडौं । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको आन्तरिक ऋण निष्काशन तालिका संशोधन गरेको छ । बुधबार नयाँ तालिका सार्वजनिक गर्दै केन्द्रित बैंकले यो वर्ष सबै ऋणपत्र गरी कूल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने जनाएको हो । 

ऋण संकलनको विभिन्न माध्यहरुमध्ये ट्रेजरी बिलमार्फत आर्थिक वर्षमा ५५ अर्ब रुपैयाँ उठाइनेछ भने विकास ऋणपत्रमार्फत १ खर्ब ७९ अर्ब रुपैयाँ, नागरिक बचतपत्र (५ वर्षे) मार्फत ५ अर्ब रुपैयाँ र वैदेशिक रोजगार बचतपत्र (५ वर्षे) मार्फत १ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने केन्द्रीय बैंकले जनाएको छ । 

कूल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋणमध्ये १ खर्ब १० अर्ब रुपैयाँ पहिलो र दोस्रो त्रैमास (पुस मसान्त) भित्र उठाइसक्ने केन्द्रीय बैंकले जनाएको छ । 

यसअवधिमा ट्रेजरी बिलमार्फत १५ अर्ब रुपैयाँ उठाईनेछ भने ५  वर्षेदेखि ८ वर्षे अवधिसम्मका विकास ऋणपत्रमार्फत ९५ अर्ब रुपैयाँ उठाइने बैंकले जनाएको छ । 
प्रस्तावित तालिका खुल्ला बजार सञ्चालन समितिले आवश्यकता अनुसार परिवर्तन गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप