वार्षिक आन्तरिक ऋण निष्काशन तालिका संशोधन, पुस मसान्तभित्र १ खर्ब १० अर्ब उठाइने
काठमाडौं । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको आन्तरिक ऋण निष्काशन तालिका संशोधन गरेको छ । बुधबार नयाँ तालिका सार्वजनिक गर्दै केन्द्रित बैंकले यो वर्ष सबै ऋणपत्र गरी कूल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने जनाएको हो ।
ऋण संकलनको विभिन्न माध्यहरुमध्ये ट्रेजरी बिलमार्फत आर्थिक वर्षमा ५५ अर्ब रुपैयाँ उठाइनेछ भने विकास ऋणपत्रमार्फत १ खर्ब ७९ अर्ब रुपैयाँ, नागरिक बचतपत्र (५ वर्षे) मार्फत ५ अर्ब रुपैयाँ र वैदेशिक रोजगार बचतपत्र (५ वर्षे) मार्फत १ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने केन्द्रीय बैंकले जनाएको छ ।
कूल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋणमध्ये १ खर्ब १० अर्ब रुपैयाँ पहिलो र दोस्रो त्रैमास (पुस मसान्त) भित्र उठाइसक्ने केन्द्रीय बैंकले जनाएको छ ।
यसअवधिमा ट्रेजरी बिलमार्फत १५ अर्ब रुपैयाँ उठाईनेछ भने ५ वर्षेदेखि ८ वर्षे अवधिसम्मका विकास ऋणपत्रमार्फत ९५ अर्ब रुपैयाँ उठाइने बैंकले जनाएको छ ।
प्रस्तावित तालिका खुल्ला बजार सञ्चालन समितिले आवश्यकता अनुसार परिवर्तन गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण