बाग्लुङ्गमा खोलाले सयौं रोपनी खेत बगर बन्यो आधा दर्जन वस्ती जोखिममा, यातयात ठप्प (हेर्नुस तस्वीरमा)
गुल्मी – दुई दिन देखि लगतार अविरल वर्षाका कारण े गुल्मी , वाग्लुङ्ग , अर्घाखाँची , प्युठान र रुकुम जिल्लावासी नराम्ररी प्रभावित भएका छन् । वाग्लुङ्गको सदरमुकाम देखि पश्चिम वुतिवाङ्ग र रुकुमको लुकुम सम्मको यातायात सेवा दुई दिनदेखि ठप्प भएको छ । मध्ये पाहडी लोकमार्गको विभिन्न स्थानमा पहिरो जाँदा यातायात ठप्प भएका हुन् ।निशी, भलकोट हुँदै रुकुम सम्म पुग्ने यात्रु अलपत्र परेका छन् ।
देविस्थान खोला बढेपछि वुर्तिबाङ्गदेखि निसीको यातायात सेवा पनि ठप्प भएको छ । देश विदेशबाट चुनावमा भोट हाल्न घर आएकाहरु मध्ये भारतमा जागिरे भएकाहरु तोकिएको समयमा हाँजिर हुन जान नसकेको भन्दै चिन्ता प्रकट गरेका छन् ।
त्यहाँका हजारौ जनता दैनिक उपभोग्य वस्तु किनमेलमा समेत समस्या खेपेका छन् । निसीखोला गाउँपालिका६ को टोड्के गाउँमा तलबाट खस्दै गरेको पहिरोले श्यामबहादु बिश्वकर्मा सहित आधा दर्जन घरहरु जोखिममा परेका छन् । स्थानियहरु रातभर जागाराम बसेर हातमा कुटो कोदालो बाोकेर भल तर्काउने गरेका छन् ।
गुहिए खोलाको वाढिले वुर्तिबाङ्ग ईलाका प्रहरी कार्यालय र स्वास्थ्य केन्द्रको भवन समेतलाई क्षति पुग्ने होकि भन्ने त्रास बढेकोछ ।
खोला बढेर वुर्तिबाङ्ग वजार नै डुवानमा पर्ने होकि भन्ने त्रासमा पनि त्यहाँका जनता रहेका छन् । वुर्तिबाङ्गमा असार १८ गतेदेखि लगातार बर्षा भई रहँदा भुजिखोलामा रहेको बढिघाट खोलाको शिरबाट बाढिले वोवाङ्ग र अधिकारीचौरको सयौं रोपनी खेती योग्य जमिन बगाएर स्थानियलाई ठुलो क्षति पुराएको छ ।
त्यस्तै, गुल्मीको पश्चिम सेउवा सिमाहघाट पुर्कोट तर्फका यातायात कम मात्रमा चलेको र , रातडाँडा , मुसिकट, ईन्दगौडा वामी र जोहाङ्ग तर्फको सडाकमा पहिरो गएर यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
-
इङ्ग्ल्यान्ड - अर्जेन्टिना प्रतिष्ठाको महाभिडन्तः कसको जित्ने सम्भावना कति ?
-
मलद्वारमा लुकाएर खैरो हेरोइन भित्र्याउने दुई जना पक्राउ
-
देशभरका मुख्य राजमार्गहरूमा बाढी र पहिरोको असर : कतै पूर्ण अवरोध, कतै एकतर्फी सुचारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण