खल्ती लिंक गरी बैंकमा पैसा पठाउँदा कुनै शुल्क नलाग्ने
काठमाडौँ । खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘सेन्ड मनी फर फ्री’ अफर उपलब्ध गराएको छ । यस अफर अन्तर्गत बैंक लिंक गरेका खल्ती प्रयोगकर्ताले ‘खल्ती फन्ड ट्रान्सफर’ बाट कुनै पनि बैंक खातामा बिना कुनै सर्भिस चार्ज सजिलै पैसा पठाउन सक्नेछन्।
यस सेवा प्रयोग गर्न भने खल्ती प्रयोगकर्ताले आफ्नो बैंक खाता खल्तीमा लिंक गर्न आवश्यक छ। खाता लिंक गरे पश्चात ‘खल्ती फन्ड ट्रान्सफर’ बाट पैसा पठाउने क्रममा बैंक लिंक विकल्प छनोट गरी बिना कुनै सर्भिस चार्ज सजिलै पैसा पठाउन सक्नेछन्।
साथै बैंक लिंक खाता खल्तीमा लिंक नगरेका प्रयोगकर्ताले पनि केही विवरण भरि केही समय मै बैंक खाता खल्तीमा लिंक गर्न सक्नेछन्। यति मात्र नभएर खल्तीमा बैंक लिंक गरी प्रयोगकर्ताले विभिन्न अफरमा पनि सहभागी हुन सक्नेछन्।
यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन् , ‘अहिले दसैँ नजिकिँदै गरेको माहौलमा डिजिटल कारोबारको आवश्यकता र लोकप्रियतलाई मध्यनजर गर्दै हामीले हाम्रा प्रयोगकर्ताहरूकालागी ‘सेन्ड मनी फर फ्री’ अफर फेरी पनि उपलब्ध गराएका छौँ । यस सुविधाले प्रयोगकर्ताहरू निर्धक्क रूपमा आवश्यक रकम जुन सुकै बैंक खातामा पठाउने कुरामा हामी विश्वस्त छौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण